Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आ.ब. २०८२/०८३ को बजेट तर्जुमा पूर्वतयारी सम्बन्धी स्थानीय तहहरूसँगको छलफल कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • बैशाख १६, मंगलवार ०७:१६ बजे प्रकाशित
bulingtar press ads
बुलिङटार १६ चैत । बुलिङटार गाउँपालिकाको निमन्त्रणामा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयद्वारा आयोजना गरिएको आ.ब. २०८२/०८३ को बजेट तर्जुमा पूर्वतयारी सम्बन्धी स्थानीय तहहरूसँगको छलफल कार्यक्रम नवलपुर जिल्लाको बुलिङ्टार गाउँपालिका–६ स्थित शिव माध्यमिक विद्यालयको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री माननीय डा.टक राज गुरुङको अध्यक्षता रहेको थियो । छलफल कार्यक्रममा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र तनहुँ जिल्लाका जिल्ला समन्वय समिति सभापति, १४ वटा पालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू, गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका कर्मचारीहरू, बुलिङ्टार गाउँपालिकाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका मन्त्री माननीय डा .टक राज गुरुङले गण्डकी प्रदेशको पहाडी भेगमा पहिलोपटक यस किसिमको कार्यक्रम सफलतापूर्वक तथा उत्साहजनक रूपमा सम्पन्न गर्न पाउँदा खुसी व्यक्त गर्नुका साथै आगामी दिनहरूमा पनि स्थानिय तहहरूसँग समन्वय गर्दै बजेट निर्माण प्रक्रिया अझ सशक्त र सहभागीमूलक बनाइने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको आयोजना गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले गरेको हो भने व्यवस्थापन बुलिङ्टार गाउँपालिका अध्यक्ष श्री दीपेन्द्र सुनारी र वडा नं. ६ का वडाध्यक्ष श्री मोहनराज पाठकको सक्रिय पहल तथा सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष दिपेन्द्र सुनारीले जटिल भौगोलिक अवस्थाका बाबजुद पनि यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेर गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले देखाएको पहलप्रति आभार व्यक्त गर्दै, स्थानिय तहहरूको सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको बताउनुभयो ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved