काठमाडौं २१ वैशाख । माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार हिजो (शनिबार) परीक्षणको काम सुरु भएको हो ।
‘सबै ठाउँबाट परीक्षणको काम धमाधम भइरहेको छ । शनिबारदेखि नै परीक्षण सुरु भएको हो,’ परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने ।
उनका अनुसार ५० ठाउँबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । बोर्डले असार पहिलो साता नजिता सार्वजनिक गर्ने तालिका थियो ।



















