Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाको आयोजनामा एकदिने पोषणमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ बैशाख २१ | मध्यान्ह १०:०१ बजे

बुलिङटार २१ चैत । बुलिङटार गाउँपालिकाको आयोजनामा पोषणमैत्री स्थानीय शासन सम्बन्धी सूचकहरू हासिल गर्ने उद्देश्यसहित सरकारवालाहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

arkhala ads

कार्यक्रम गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पोषणमैत्री वातावरण सिर्जना गर्दै आवश्यक सूचकहरू पूरा गरी विक्रम संवत २०८३ असार मसान्तभित्र बुलिङटारलाई पोषणमैत्री गाउँपालिका घोषणा गर्नु रहेको छ । यसै सन्दर्भमा कार्यक्रमको अन्त्यमा सहभागी सबै जनप्रतिनिधिहरू र कर्मचारीहरूले सामूहिक रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी पोषणमैत्री घोषणा प्रक्रियामा सक्रिय सहभागी हुने अठोट व्यक्त गर्नुभयो ।


कार्यक्रममा उपाध्यक्ष दिलमाया राना, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत श्री रामचन्द्र भुषाल, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन देव राज सुनारी ले गर्नु भएको थियो भने प्रशिक्षण श्री शालिग्राम पोखरेलले दिनु भएको थियो ।
कार्यक्रममा पोषण, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सरसफाइ लगायत बहुपक्षीय क्षेत्रका सूचकहरूका विषयमा गहिरो छलफल गरिएको थियो। सहभागीहरूले पोषणका सवालमा स्थानीय तहको भूमिका र दायित्वबारे थप स्पष्टता पाएको र आगामी कार्ययोजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved