Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाको आयोजनामा तेस्रो त्रैमासिक प्रगति समीक्षा, खर्च सार्वजनिकरण तथा सार्वजनिक सुनुवाइ सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ बैशाख २२ | मध्यान्ह ०७:०१ बजे

बुलिङटार २२ बैशाख । बुलिङटार गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभा हलमा आ.व. २०८१/०८२ को तेस्रो त्रैमासिक प्रगति समीक्षा, खर्च सार्वजनिकरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।

arkhala ads

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रीमती दिलमाया राना, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुखप्रतिनिधिहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखहरू तथा अन्यकर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतज्यूबाट त्रैमासिक प्रगति तथा आर्थिक विवरण प्रस्तुत गरियो। त्यसपछि भएको सार्वजनिक सुनुवाइ सत्रमास्थानीय नागरिक, सरोकारवाला निकायका प्रतिनिधिहरूले विभिन्न प्रश्न, सुझाव र गुनासाहरू प्रस्तुत गरेका थिए। ती सबै प्रश्नहरूको अध्यक्ष श्रीदिपेन्द्र सुनारीज्यूले स्पष्ट, सहज र सरल भाषामा जवाफ दिनुभएको थियो ।

पालिका अध्यक्ष दिपेन्द्र सुनारीज्यूले कार्यक्रममा “हामी पारदर्शी, उत्तरदायी र सहभागितामूलक शासन प्रणालीमा विश्वास गर्छौं। जनताको विश्वासजित्ने माध्यम नै यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रम हुन्। जनप्रतिनिधि र सेवाग्राहीबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्नु हाम्रो प्राथमिकता हो। यहाँउठेका हरेक सुझाव र गुनासोलाई गम्भीरतापूर्वक लिनेछौं र आगामी योजनामा समावेश गर्नेछौं“भन्नुभयो ।

 कार्यक्रमको सञ्चालनमा सहयोग  क्रियटिभ क्रिएशन एन्ड मिडिया प्रा.लि. र बुलिङटार प्रेसले गरेका थिए ।

कार्यक्रमको सफल व्यवस्थापन रसूचनाको प्रभावकारी प्रवाहका लागि अध्यक्षज्यूले दुवै संस्थालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

 कार्यक्रममा सक्रिय रूपमा सहभागी भई आफ्ना विचार, सुझाव तथा गुनासाहरू राख्नुहुने सम्पूर्ण सरोकारवालाहरू, अतिथि महानुभावहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा स्थानिय बासिन्दाहरूमा बुलिङटार गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गरिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved