Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाको आयोजनामा तेस्रो त्रैमासिक प्रगति समीक्षा, खर्च सार्वजनिकरण तथा सार्वजनिक सुनुवाइ सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • बैशाख २२, सोमबार ०७:३० बजे प्रकाशित
bulingtar press ads

बुलिङटार २२ बैशाख । बुलिङटार गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभा हलमा आ.व. २०८१/०८२ को तेस्रो त्रैमासिक प्रगति समीक्षा, खर्च सार्वजनिकरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रीमती दिलमाया राना, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुखप्रतिनिधिहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखहरू तथा अन्यकर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतज्यूबाट त्रैमासिक प्रगति तथा आर्थिक विवरण प्रस्तुत गरियो। त्यसपछि भएको सार्वजनिक सुनुवाइ सत्रमास्थानीय नागरिक, सरोकारवाला निकायका प्रतिनिधिहरूले विभिन्न प्रश्न, सुझाव र गुनासाहरू प्रस्तुत गरेका थिए। ती सबै प्रश्नहरूको अध्यक्ष श्रीदिपेन्द्र सुनारीज्यूले स्पष्ट, सहज र सरल भाषामा जवाफ दिनुभएको थियो ।

पालिका अध्यक्ष दिपेन्द्र सुनारीज्यूले कार्यक्रममा “हामी पारदर्शी, उत्तरदायी र सहभागितामूलक शासन प्रणालीमा विश्वास गर्छौं। जनताको विश्वासजित्ने माध्यम नै यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रम हुन्। जनप्रतिनिधि र सेवाग्राहीबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्नु हाम्रो प्राथमिकता हो। यहाँउठेका हरेक सुझाव र गुनासोलाई गम्भीरतापूर्वक लिनेछौं र आगामी योजनामा समावेश गर्नेछौं“भन्नुभयो ।

 कार्यक्रमको सञ्चालनमा सहयोग  क्रियटिभ क्रिएशन एन्ड मिडिया प्रा.लि. र बुलिङटार प्रेसले गरेका थिए ।

कार्यक्रमको सफल व्यवस्थापन रसूचनाको प्रभावकारी प्रवाहका लागि अध्यक्षज्यूले दुवै संस्थालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

 कार्यक्रममा सक्रिय रूपमा सहभागी भई आफ्ना विचार, सुझाव तथा गुनासाहरू राख्नुहुने सम्पूर्ण सरोकारवालाहरू, अतिथि महानुभावहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा स्थानिय बासिन्दाहरूमा बुलिङटार गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गरिन्छ ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved