गैँडाकोट २२ चैत । नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. १ र वडा नं. ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर २ युवकको ज्यान गएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ८ गौरीगंज घर भएका १६ वर्षका प्रमिशन पाठक र वडा नं. ४ लंकु घर भएका १६ वर्षका शिशिर पन्त रहेका छन् ।
दिउसो २ वजे पौडी खेल्ने क्रममा साथीहरु डुवेको र त्यसको केहि समयपछि पुल निर्माण गर्ने मजदुरहरुले उनिहरुको शव बाहिर निकालेको पौडी खेल्न साथीहरुसँगै गएका अखिल लामिछानेले जानकारी दिए । मृतक पाठक र पन्त दुवैजना SEE परिक्षा सकेर घरमै बस्दै आएका थिए ।
घटनाको खबर थाहा पाए लगत्तै गैँडाकोट नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ३ का अधयक्ष शिवकान्त तिवारी र इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ ।



















