Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा दूरसञ्चार सेवा विस्तार : अध्यक्ष दिपेन्द्र सुनारीको पहलमा 4G टावर स्तरोन्नति हुँदै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ बैशाख ३० | बिहान ११:०१ बजे

बुलिङटार ३० बैशाख । बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको विशेष पहलमा गाउँपालिकामा दूरसञ्चार सेवा विस्तारतर्फ उल्लेखनीय प्रगति भइरहेको छ ।

विशेषगरी, वडानं. ३ मा विगतदेखि जीर्ण अवस्थामा रहेको नेपाल टेलिकमको टावरलाई 4G सेवामा स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। उक्त कार्य आगामी आषाढ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यान्वयन भइरहेको छ ।

arkhala ads

स्थानीयवासीलाई गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित अध्यक्ष सुनारीले केही समयअघि सूचना तथा सञ्चार प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई भेट गरी टेलिकम सेवामा देखिएका समस्या, कमजोरी तथा समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र बुझाएका थिए। सो ज्ञापनपत्रपछि मन्त्रालय तथा नेपाल टेलिकमका प्राविधिक टोलीसँग समन्वय गरी प्राविधिक अध्ययन र योजना कार्यान्वयनको ठोस पहल गरिएको हो ।

त्यसैगरी, अध्यक्ष सुनारीले वडानं. ४ को चुलिबोझा क्षेत्र र वडा नं. १ को लामीटार डाँडामा स्थलगत अनुगमन गरी हालसम्म दूरसञ्चार सेवा नपुगेको अवस्थालाई मध्यनजर गर्दै नयाँ टेलिकम टावर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। यसपछि ती दुर्गम क्षेत्रका स्थानीय नागरिकहरू मोबाइल तथा इन्टरनेट सेवाबाट लाभान्वित हुनेछन् ।

अध्यक्ष सुनारीको यो प्रयासले बुलिङटार गाउँपालिकामा डिजिटल पहुँच विस्तार गर्नुका साथै शिक्षा, स्वास्थ्य, व्यवसाय र सञ्चार सेवामा समेत गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ। यस अभियानले बुलिङटारलाई ‘बस्न योग्य, हेर्न लायक समृद्ध गाउँपालिका’ बनाउने अभियानमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved