Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा साङ्गीतिक पी.टी. तथा प्रार्थना व्यवस्थापन सम्बन्धी तीन दिने तालिम समापन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ बैशाख ३० | मध्यान्ह ०९:०१ बजे

बुलिङटार ३०बैशाख ।  बुलिङटार गाउँपालिकाको आ.व.२०८१/८२ को स्वीकृत बजेटबाट शिक्षा शाखाको आयोजनामा साङ्गीतिक पी.टी. तथा प्रार्थना व्यवस्थापन सम्बन्धी तीन दिने तालिम (२०८२ बैशाख २८ देखि ३० गतेसम्म) आज बैशाख ३० गते सफलतापूर्वक समापन गरिएको छ।

समापन कार्यक्रम गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारीज्यूको प्रमुख आतिथ्यतामा तथा शिक्षा शाखा प्रमुख श्री बुद्ध प्रसाद रानाभाटको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष विष्णु वीर जर्घा, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषाल लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन स्रोत शिक्षक देउ बहादुर चितौरेज्यूले गर्नु भएको थियो ।

प्रमुख अतिथि दिपेन्द्र सुनारीज्यूले यस्ता तालिमहरू शिक्षकहरूको कार्यदक्षता अभिवृद्धि तथा व्यवहारिक सिप विकासमा महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा आदरणीय प्रशिक्षकज्यूहरू श्री भानुभक्त ओझा, श्री तिल बहादुर खण्डलुक मगर र श्री पदम बहादुर ठाडा मगरले सहजीकरण गर्नुभएको थियो ।
पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूको सक्रिय सहभागिता रहेको उक्त तालिममा सहभागी शिक्षकहरूले प्राप्त ज्ञान, सिप तथा अभ्यासलाई व्यवहारमा उतारी विद्यालयमा कार्यान्वयन गर्ने अठोट व्यक्त गर्नु भएको छ ।
समापन कार्यक्रमको अवसरमा सहभागी सम्पूर्ण शिक्षकहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकज्यूहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

arkhala ads

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, प्रशिक्षक तथा सहभागीहरूप्रति हार्दिक आभार प्रकट गरिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved