Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा साङ्गीतिक पी.टी. तथा प्रार्थना व्यवस्थापन सम्बन्धी तीन दिने तालिम समापन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • बैशाख ३०, मंगलवार ०९:२७ बजे प्रकाशित
bulingtar press ads

बुलिङटार ३०बैशाख ।  बुलिङटार गाउँपालिकाको आ.व.२०८१/८२ को स्वीकृत बजेटबाट शिक्षा शाखाको आयोजनामा साङ्गीतिक पी.टी. तथा प्रार्थना व्यवस्थापन सम्बन्धी तीन दिने तालिम (२०८२ बैशाख २८ देखि ३० गतेसम्म) आज बैशाख ३० गते सफलतापूर्वक समापन गरिएको छ।

समापन कार्यक्रम गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारीज्यूको प्रमुख आतिथ्यतामा तथा शिक्षा शाखा प्रमुख श्री बुद्ध प्रसाद रानाभाटको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष विष्णु वीर जर्घा, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषाल लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन स्रोत शिक्षक देउ बहादुर चितौरेज्यूले गर्नु भएको थियो ।

प्रमुख अतिथि दिपेन्द्र सुनारीज्यूले यस्ता तालिमहरू शिक्षकहरूको कार्यदक्षता अभिवृद्धि तथा व्यवहारिक सिप विकासमा महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा आदरणीय प्रशिक्षकज्यूहरू श्री भानुभक्त ओझा, श्री तिल बहादुर खण्डलुक मगर र श्री पदम बहादुर ठाडा मगरले सहजीकरण गर्नुभएको थियो ।
पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूको सक्रिय सहभागिता रहेको उक्त तालिममा सहभागी शिक्षकहरूले प्राप्त ज्ञान, सिप तथा अभ्यासलाई व्यवहारमा उतारी विद्यालयमा कार्यान्वयन गर्ने अठोट व्यक्त गर्नु भएको छ ।
समापन कार्यक्रमको अवसरमा सहभागी सम्पूर्ण शिक्षकहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकज्यूहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, प्रशिक्षक तथा सहभागीहरूप्रति हार्दिक आभार प्रकट गरिन्छ ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved