Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरको हुप्सेकोट गाउँपालिका जिल्लामा सबै भन्दा कम बेरुजु हुने पालिका बन्न सफल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ जेष्ठ १ | मध्यान्ह ०१:०२ बजे

नवलपुर १ जेठ । नवलपुरको हुप्सेकोट गाउँपालिका जिल्लामा सबै भन्दा कम बेरुजु हुने पालिका बन्न सफल भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी(बर्दघाट सुस्तापूर्व)का आठ वटा पालिका मध्य हुप्सेकोट गाउँपालिका सबै भन्दा कम बेरुजु भएको पालिका बनेको हो ।

arkhala ads

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार हुप्सेकोट गाउँपालिकामा १.०० प्रतिशत बेरुजु रहेको उल्लेख रहेको छ । हुप्सेकोट गाउँपालिकाको कुल लेखा परीक्षण रकम १ अर्ब १३ करोड, ८३ लाख, ९ हजार मध्य १ करोड १३ लाख ८५ हजार बेरुजु कायम गरेको छ । जिल्लाका आठ वटै पालिका मध्य हुप्सेकोट गाउँपालिकाको बेरुजु प्रतिशत सबै भन्दा कम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसअघिको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लाका आठ वटै पालिका मध्य सबै भन्दा धेरै बेरुजु कायम भएको हुप्सेकोट गाउँपालिकाले एक वर्षमा सुधार गर्दै जिल्लामा नै सबै भन्दा कम बेरुजु भएको पालिका बन्न सफल भएको हो । आर्थिक वर्ष २०७९/८० मा हुप्सेकोट गाउँपालिकामा २.०४ प्रतिशत बेरुजु रहेको थियो ।

हुप्सेकोट गाउँपालिका बेरुजु रकममा उल्लेख्य सुधार गर्न सफल हुनुमा जनप्रतिनिधि र कर्मचारीको सुशासन प्रतिको प्रतिबद्धता नै प्रमुख सूत्र रहेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले निष्कर्ष.कम लाई बताउनु भयो ।

गाउँपालिकामा असल लेखा प्रणाली, बजेट कार्यान्वयनमा कानुन र ऐनको परिपालना, नीति कार्यक्रमको लक्ष र उद्देश्य अनुरूप कार्यक्रम तर्जुमा लगायतका माध्यम वाट बेरुजु कम गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले निष्कर्ष.कमलाई बताउनु भयो ।

जिल्लामा सबै भन्दा कम बेरुजु हुप्सेकोट गाउँपालिकामा १.०० प्रतिशत रहेको देखिन्छ भने दोस्रो कम बेरुजुमा देवचुली नगरपालिका १.२९, कावासोती नगरपालिकामा १.४५, विनयी त्रिवेणी गाउँपालिका १.४७, बुलिङटार गाउँपालिका १.८७, मध्यविन्दु नगरपालिका २.६२, गैँडाकोट नगरपालिका ३.२६, बौदीकाली गाउँपालिका ४.३२ प्रतिशत बेरुजु रहेको देखिएको छ ।

 

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved