बुलिङटार २० जेठ । डाँडाझेरी गैंडाकोट विकास समाजको पहलमा क्यान्सर पीडितलाई सहयोग गरियो ।

बुलिङ्टार-०३ डाडाथोक निवासी श्री बिष्णु वीर राना मगरको श्रीमती होमाया राना मगर बिगत केहि समय देखि क्यान्सर पीडित भइ बि.पि. कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको र आर्थिक समस्या परेको कारणले सहयोगको अपिल गरेको हुँदा सो आधारमा डाँडाझेरी गैंडाकोट विकासको पहलमा मलेसिया जोहरबहरु स्थित अस्तर फर्निचरमा कार्यारत श्री पुर्ण बहादुर मसराङ्गी मगर, श्री ठगेन्द्र ठाडा मगर, श्री दुत बहादुर राना मगर र श्री भिम बहादुर सुर्याबन्शी मगरहरुको सकृयतामा सो कम्पनीमा कार्यरत विभिन्न व्यक्तिहरु बाट संकलन गरि नेपाली रकम रु.१,१७,३६०।– (अक्षररुपी एक लाख सत्रहजार तिन सय साठी) रुपैयाँ २०५२ जेठ १९ गते समाजको अध्यक्ष श्री दुर्गा बहादुर मसराङ्गी मगर,पदाधिकारीहरु सल्लाहकारहरुको उपस्थितिमा निज बिरामी लाई डाँडाझेरी गैंडाकोट समाजको कार्यालयमा रकम हस्तान्तरण गरिएको हो । 



















