बुलिङटार ०७ असार । बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता शिक्षा अधिकृत बुद्ध प्रसाद रानाभाट, वडाको अध्यक्ष, वडा सदस्य र स्कुलको प्रधानाध्यापक र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन गरिएको हो ।
सञ्चालन स्रोत शिक्षक देउ बहादुर चितौरीले गर्नुभयो । कार्यक्रममा अध्यक्ष दिपेन्द्र सुनारीले शिक्षा नै दीगो विकासको मूल आधार भएको उल्लेख गर्दै “सबै बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउन हामी प्रतिबद्ध छौँ ।

विपन्न र मेहनती विद्यार्थीलाई प्रोत्साहित गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइनेछ भनी प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । वडा नं १, ३, ५ र ६ मा कार्यक्रम सम्पन्न भइसकेको छ भने वडा नं २ र ४ मा छिट्टै सम्पन्न गरिने शिक्षा अधिकृत बुद्ध प्रसाद रानाभाटज्यू ले वताउनु भएको छ ।



















