Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशको अध्यक्षमा खड्क आलेमगर सर्वसम्मत निर्वाचित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ असार ९ | बिहान ०९:०३ बजे

तनहुँ ९ असार । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशको अध्यक्षमा खड्क आलेमगर सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार तनहुँको भिमाद नगरपालिका–६, मालेबगरस्थित गणेश एकेडेमीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट यसअघि उपाध्यक्ष रहेका आलेमगर अध्यक्षमा निर्वाचित भएका हुन् ।

arkhala ads

त्यसैगरी, उपाध्यक्षमा दीपक सिंजालीमगर, सचिवमा भोज विवश खण्डलुकमगर, सह–सचिवमा पुनम थापामगर र कोषाध्यक्षमा पूर्ण ठाडामगर सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, ११ सदस्यीय प्रदेश समितिका सदस्यहरूमा लेखबहादुर आलेमगर (स्याङ्जा), थमनसिंह रानामगर (तनहुँ), रुयाशा थापामगर (बागलुङ), यामबहादुर थापामगर “दिनेश” (नवलपुर) निर्वाचित हुनुभएको छ । बाँकी दुई सदस्य बैठकबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष खड्क आलेमगरले जानकारी दिए ।

अधिवेशन सम्पन्न गर्नका लागि संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा नेपाल मगर संघ, गण्डकी प्रदेश सदस्य बेलमाया आलेमगर र गणेश एकेडेमीका प्राचार्य मनबहादुर सारूमगर सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य जीतप्रकाश आलेमगरले मगर जातिको इतिहास, भाषा, धर्म र संस्कृतिको बारेमा लेखकहरूले कलम चलाउनुपर्ने आवश्यकता रहेको बताए । मगर समुदायको ऐतिहासिक लिखित दस्तावेज पाउन कठिन रहेको भन्दै उनले कलम चलाउने कुरा सजिलो नभएको धारणा व्यक्त गरे । लेखक हुन सबैलाई रहर हुने भएपनि साँच्चिकै लेखक बन्न गाह्रो भएको भन्दै पूर्व मन्त्री आलेमगरले मगर लेखक संघले गतिविधि बढाउँदै लैजान सके मगर समुदायमा जागरण ल्याउन सक्ने विश्वास व्यक्त गरे ।

नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरले मगर समुदायमा लेखकको अभाव रहेको भन्दै लेखकको अभाव पूर्तिका लागि मगर लेखक संघले विभिन्न गतिविधि गर्दै आइरहेको उल्लेख गरे । लेखन कार्य अत्यन्त जटिल हुने भन्दै उनले प्राज्ञिक र बौद्धिक क्षेत्रमा समुदायको कम चासो हुनु चिन्ताको विषय भएको बताए । भिमाद नगरपालिका वडा नं. ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले लेखकहरूले जनप्रतिनिधिले गरेका गलत काममा खबरदारी र राम्रो काम जनतासम्म पुर्‍याउन भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, वडा नं. ४ का वडाध्यक्ष रामकृष्ण रानामगरले आफ्नो भाषा, संस्कार र संस्कृतिका बारेमा मगर लेखकहरूले कलम चलाउनुपर्ने बताउँदै लेखनको माध्यमबाट मगर समुदायको उत्थानमा भूमिका खेल्न आग्रह समेत गरे ।

अधिवेशनको उद्घाटन समारोहमा नेपाल मगरसंघ, गण्डकी प्रदेश सदस्य बेलमाया आलेमगर, सेतीकाली साहित्य संगमका अध्यक्ष नारायणकैलाश सिग्देल, गणेश एकेडेमीका प्राचार्य मनबहादुर सारूमगर, समाजसेवी राजन आलेमगर, नरेन्द्र थापामगर, प्रभात आलेमगर, नेपाल मगर लेखक संघ, स्याङ्जाका अध्यक्ष जीबी रानामगर, तनहुँका अध्यक्ष यामलाल थापामगर, बागलुङका संयोजक यामबहादुर थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थियो ।

नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष धीरेन्द्र थापामगर “किसानी”को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव दीपक सिंजालीमगरले गरेका थिए भने उपाध्यक्ष खड्क आलेमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved