गैंडाकोट १४ असार । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. ३ कृष्ण गण्डकी माविबाट २०८१ को एसइई परिक्षामा सामेल भएका २८ जना विद्यार्थीमा २७ सबैजना फेल भएका छन् ।
गैंडाकोट ३ ढोडेनीमा रहेको उक्त विद्यालयबाट सहभागी २८ जना विद्यार्थीमा २७ जनाको ननग्रेडेड नतिजा आएको गैंडाकोट नगरपालिकाका शिक्षा अधिकृत राम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
विद्यालयबाट सुजन बिक ३.४५ जीपिए ल्याएर उत्तीर्ण हुने एक मात्र विद्यार्थी बन्न सफल भएका छन् ।



















