गैंडाकोट १५ असार । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. १८ मा रहेको बालज्योति माध्यामिक विद्यालयबाट २०८१ को एसइई परिक्षामा सामेल भएका ११ जना विद्यार्थीमा सबैजना फेल भएका छन् ।
गैंडाकोट १८ स्थित दमारमा रहेको उक्त विद्यालयबाट सहभागी ११ जना विद्यार्थीमा सबैजनाको ननग्रेडेड नतिजा आएको गैंडाकोट नगरपालिकाका शिक्षा अधिकृत राम प्रसाद अधिकारीले जानकारी दिनुभयो।



















