Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

चितवनमा नेटवर्किङ बिजनेसका नाममा ठगी गरेको आरोपमा १४ जनामध्ये आठ जनाविरूद्ध मुद्दा दर्ता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ असार १८ | मध्यान्ह ०९:०३ बजे

भरतपुर १८ असार । चितवनमा नेटवर्किङ बिजनेसका नाममा ठगी गरेको आरोपमा भरतपुर–९, वेणीचोकबाट पक्राउ परेका १४ जनामध्ये आठ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।

आठ जनाविरूद्ध ठगीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट छ दिनको म्याद लिइएको उनले बताए । पक्राउ परेका अन्य छ जना भने छुटेका छन् ।

arkhala ads

खनालका अनुसार सिन्धुली दुधौली नगरपालिका–१३ बस्ने भिजिनरी युथ इन्टरप्रेनियर्स ट्रेनिङ इन्स्टिच्युट सञ्चालक २७ वर्षीय धनबहादुर खत्री, दुधौली–१४ बस्ने २१ वर्षीय मिलन खत्री, उदयपुर कटारी नगरपालिका–२ बस्ने २८ वर्षीय लक्ष्मण बास्तोला, कटारी–७ बस्ने २० वर्षीय गणेश कार्की, कटारी–१२ बस्ने २२ वर्षीय दिपेश भन्ने मोहनबहादुर थापा, त्रियुगा नगरपालिका–४ बस्ने ४० वर्षीय रामबहादुर दियाली, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–१ बस्ने २५ वर्षीय श्याम दियाली र बारा कोल्वी नगरपालिका–९ बस्ने २१ वर्षीया पूर्णिमा चौधरीविरूद्ध मुद्दा दर्ता गरिएको हो ।

तीन जना पीडितको उजुरीका आधारमा वेणीचोकस्थित भिजिनरी युथका सञ्चालक धनबहादुर खत्रीसहितलाई प्रहरी निरीक्षक दीपक रिजालको कमान्डमा खटिएको टोलीले मङ्गलबार पक्राउ गरेको थियो । ठगीका आरोपितहरुले बाहिर भिजिनरी युथको साइनबोर्ड राखेर भित्र ग्लोबल ओरियन्स नेपाल र ग्लोबल लिभिङ अर्गनाइजेसनको नामबाट ठगी गर्ने गरेको खुलेको छ । फुड सप्लिमेन्टको नेटवर्किङ बिजनेसका नाममा एक जनाबाट ४५ हजारदेखि दुई लाख ६५ हजार रूपैयाँसम्म ठगी गरिएको पीडितको गुनासो छ ।

रौतहटलगायत देशका विभिन्न जिल्लाबाट युवायुवतीहरुलाई राम्रो कमाइ र सेवासुविधा हुने प्रलोभन देखाएर ल्याउने गरिएको पीडितले बताएका छन् । उनीहरुका अनुसार राम्रो कमाइ हुन्छ, हप्ता–हप्तामा तलब आउँछ, खान र बस्नको व्यवस्था छ, मोटरसाइकल र स्कुटर पनि कम्पनीले नै दिन्छ भनी प्रलोभन देखाएर ल्याइएको थियो । यहाँ ल्याइसकेपछि फुड सप्लिमेन्टहरु किन्न लगाइयो ।

आफूले किनेको फुड सप्लिमेन्ट जति धेरै बेच्न सक्यो त्यति धेरै स्टारहरु प्राप्त गर्न सकिने र नौवटासम्म स्टार पाउनेले राम्रो कमाइ गर्न सकिने आश्वासन दिइएको थियो । तलब दिनुको साटो लाखौँलाखको फुड सप्लिमेन्टहरु किन्न लगाइएको पीडितको गुनासो छ । आफू ठगिएको थाहा पाएपछि कतिपय युवायुवतीहरु पैसाको आश मारेर घर फर्किएको पनि पाइएको छ ।

नेटवर्किङ बिजनेसको नाममा ठगी गर्नेहरु समातिएपछि धेरै पीडितहरु सम्पर्कमा आएका छन् । एक जनाबाट सात लाख रूपैयाँसम्म ठगी गरिएको पीडितहरु बताउँछन् । भरतपुरको हाकिमचोक र बसपार्क क्षेत्रमा पनि ठगीका गतिविधिहरु भइरहेको उनीहरुले सूचना दिएका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved