चितवन २३ असार । चितवनको कालिका नगरपालिका वडा नं. ९ मा भरतपुर तर्फ आउदैँ गरेको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिदा दुई जना घाइते भएका छन् ।
घाइते भएका स्कुटर चालक भरतपुर महानगर २ बस्ने २५ वर्षीय रोशन गुरुङ रहेका छन् भने उनलाई थप उपचारको लागी काठमाडौँ पठाइएको छ । त्यस्तै स्कुटरको पछाडी सवार रत्ननगर नगरपालिका १५ बस्ने २१ वर्षीय बसन्ती लामा रहेकी छन् । उनको भरतपुर सरकारी अस्पिलातमा उपचार भई रहेको प्रहरीले जनाएको छ । उक्त स्कुटर भने प्रहरीको नियन्त्रणमा रहेको छ ।



















