पोखरा २४ असार । गण्डकी प्रदेशमा अवदेखि सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषा पनि थपिएको छ ।
गण्डकी प्रदेश सभाले आज (मंगलबार) मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेकोविधेयक सर्वसम्मत पारित गरेसँगै गण्डकीमा यी दुवै भाषा सरकारी कामकाजमा थपिएका हुन् ।
यसअघि देवनागिरीमा लेखिने नेपाली भाषा मात्रै सरकारी कामकाजको भाषाका रुपमा रहेको थियो ।
गण्डकी प्रदेश मगर र गुरुङ बाहुल्य प्रदेश हो । यहाँको कुल जनसंख्याको १९.७९ प्रतिशत मगर र ११.३१ प्रतिशत गुरुङ जाति छन् । सोहिजनसंख्याका मानिसहरुलाई कामकाजमा सहज बनाउने, उनीहरुले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, सम्बद्र्धन र प्रवद्र्दन गर्ने उद्देश्यले गण्डकीप्रदेश सरकारले विधेयक ल्याएको थियो । सो विधेयकलाई बिहीबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीविन्दुकुमार थापाले निर्णायार्थ पेश गरेपछि सर्वसम्मत पारित भएको हो ।
यसअघि विधायन समितिमा लामो छलफल हुनुका साथै सरोकारवालाहरुसँग गरिएको परामर्शपछि प्रदेश सभाको मंगलबार बसेको बैठकमाविधेयकमाथि दफावार छलफल भएको थियो । छलफलमा ८ जना सांसदहरुले विधेयकका विभिन्न प्रावधानमाथि आ–आफ्नो बिचार राखेको थिए ।त्यसपश्चात मन्त्री थापाले जवाफ दिएपछि निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतीले पारित भएको हो ।
मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशभर सरकारी कामकाजको भाषा बनाउने विधेयकलाई अब गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणितगरेपछि कानूनको रुप लिनेछ । त्यसपछि भने गण्डकी प्रदेशभरका सरकारी कार्यालयहरु, मन्त्रालय, आयोग, निर्देशनालय वा अन्य संगठित संस्थामानेपालीसँगै मगर र गुरुङ भाषालाई कामकाजी बनाईनुपर्नेछ । त्यतिमात्र होईन, ती ककार्यालयहरुमा रहने सार्वजनिक दस्तावेजहरु समेत मगर र गुरुङभाषामा अनुवाद गरी अभिलेखिकरण गर्नुपर्नेछ । त्यस्तै, सेवाग्राहीले मगर वा गुरुङ भाषामा निवेदन, प्रमाण, कागजात लगायत पेश गरेमा कार्यसम्पन्नभएपछि उनीहरुले पाउने कागजातहरु त्यहि भाषामा उपलब्ध गराउन सक्नेछ ।
यसरी मातृ भाषामा कागजात पेश गर्दा वा लिएको आधारमा कुनैपनि नागरिकलाई विभेद, बहिष्करण र अपमानजन्य व्यवहार गर्नु नहुने भनिएको छ ।बरु सरकारी कामकाजको भाषाको संरक्षण प्रवद्र्धनका लागि प्रदेश सरकार र कार्यालयले सरोकारवालासँग सहकार्य गरेर कार्यक्रम सञ्चालनगर्नुपर्ने भनिएको छ । बिधेयकले कार्यालयले मगर र गुरुङ भाषामा नागरिक वडापत्र वा सूचना पाटी राख्नुपर्ने भनेको छ भने ती भाषामा उच्च शिक्षाअध्ययनका लागि व्यवस्था पनि गर्नसक्ने भनेको छ ।
विधेयकमाथिको छलफलमा कांग्रेसका सरस्वती गुरुङ, एमालेका गणेशमान गुरुङ, नेकपा माओवादी केन्द्रकी कुसुम बुढा मगर, माओवादीकैहरिबहादुर भण्डारी, एमालेका सुधिरकुमार पौडेल, निर्मला थापा, कांग्रेसका महेश भट्टराई र राप्रपाकी बिन्दु पौडेलले मगर र गुरुङ भाषालाई सरकारीकामकाजको भाषा बनाउने विधेयक पारित भएको दिन ऐतिहासिक दिन भएको बताए । तर यो प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोडथियो ।
विधेयक माथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले नेपालको संविधानको भावना र भाषा आयोगको सिफारिस अनुसार गण्डकी सरकारले मगर र गुरुङ भाषालाई कामकाजीभाषाका रुपमा प्रयोग गर्ने निर्णय गरेर विधेयक बनाएको बताए ।



















