Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैँडाकोट विकासचोकमा गएराति एक घरमा सशस्त्र लुटपाट

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण २, शुक्रबार ०२:१० बजे प्रकाशित
bulingtar press ads
गैँडाकोट २ असार । नवलपरासीको गैँडाकोट नगरपालिका–१ स्थित विकासचोकमा गएराति एक घरमा सशस्त्र लुटपाट भएको छ ।
घरेलु हतियार खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसी ५ तोला सुन लुटेर फरार भएका छन् ।

पीडित सरिता पौडेलका अनुसार लुटेराहरुले मुखमा कपडा बाँधेर  खुकुरी घाटीमा राख्दै सुनका गहना मागेका थिए। “गहना नदिए छोरा–छोरीलाई समेत केही गरिदिन्छौं भन्ने धम्की दिएका थिए,” उनले बताइन्। डाकाहरु घरभित्र झन्डै १५ मिनेटसम्म बसेका थिए ।

लुटेराले सिक्री, औँठी, बाला, झुम्का, माइली तिलहरी लगायत करिब पाँच तोला सुनका गरगहना लिएर भागेको पौडेलले जानकारी दिइन् ।

घटनापछि इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली घटनास्थलमा पुगेको छ। प्रहरी निरीक्षक कमला नरालका अनुसार घटनाको गम्भीरतापूर्वक अध्ययन सुरु गरिएको छ। “सम्भावित व्यक्तिहरुको खोजी र अनुसन्धान प्रारम्भ गरिएको छ,” उनले भनिन् ।

स्थानियवासीहरु घटनाबाट त्रसित भएका छन् र रातको समयमा सुरक्षा व्यवस्था थप कडा बनाउन माग गरेका छन्। पछिल्लो समय गैँडाकोट क्षेत्रमा यस्ता घटनामा वृद्धि हुन थालेको भन्दै प्रहरीले थप सतर्कता अपनाउने जनाएको छ ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved