गैंडाकोट १४ साउन । गण्डकी प्रदेशमा मगर भाषा र गुरुङ भाषा सरकारी कार्यालयमा मान्यता भएको स्वागत साथै दिप प्रज्वलन नेपाल मगर संघ नगर सीमित गैंडाकोट र तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद गैंडाकोट नगर समितिको आयोजनामा गैंडाकोट लखन चोक मा हार्दिक बधाई तथा संयुक्त दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो ।

यस कार्यक्रममा प्रमुख अतिथि र तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य प्रजन बहादुर गुरुङ, विशिष्ट अतिथि तमुवान मगरात गण्डकी प्रदेशको कोषाध्यक्ष उत्तम प्रसाद बाकाबल मगर,बिशेष अतिथि तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद नवलपुर जिल्ला उपाध्यक्ष डी बि गुरुङ र नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको उपाध्यक्ष दुर्गा बहादुर मसरंगी मगर जिल्ला सदस्य कमल थापा, नेपाल मगर संघ देवघाट गा.पा.का अध्यक्ष, भाषा लेखक साथै गण्डकी प्रदेशको अध्यक्ष खड्का पमी आले मगर,नेपाल आदिवासी जनजाती महासंघ समन्वय समिति गैंडाकोटको अध्यक्ष नर बहादुर थापा मगर,राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपाल केन्द्रीय संस्थापक अध्यक्ष अमर बिरही गुरुङ अतिथि गैंडाकोट तमु आदर्श गुरुङ समाजको अध्यक्ष बिर बहादुर गुरुङ,छोईलिंग महा बोद्दा गुम्बाको अध्यक्ष किसन गुरुङ नेपाल आदिवासी जनजाती महासंघ समन्वय समिति गैंडाकोटको स-सविव सुवेदार याम बहादुर गुरुङ, बुद्दिजिबि, समाजसेवीहरु साथै अन्य व्यक्तिहरुको उपस्थितमा धन्यवाद साथै दिप प्रज्वलन कार्यक्रम गरिको हो ।

कार्यक्रम सभापति तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद गैंडाकोट नगर समिति अध्यक्ष रेशम गुरुङले गर्नुभएको थियो भने संचालन नेपाल मगर संघ गैंडाकोट नगर समितिको सचिवले गरिएको हो ।
प्रमुख अतिथिले गुरुङले धेरै मिहिनेत र संघर्ष पछी गण्डकी प्रदेश सरकारले लागु गरिएकोमा धन्यवाद दिदै हामी गुरुङ र मगरले यो असार २४ गतेलाई हाम्रो बिशेष दिनको रुपमा लिनु पर्छ र प्रत्येक वर्ष भब्य रुपमा मनाउनु पर्छ भन्ने कुरा भन्नु भएको थियो ।
यस कार्यक्रममा दर्गा बहादुर मसरंगी मगरले “प्रदेशले लागु गरिसकेको भए पनि अझै पनि स्थानीय तहमा लागु गर्न नसकेको कुरा व्यक्त गर्नु भयो ” ।



















