खेम थापा मगर
गैंडाकोट १७ साउन । गैंडाकोट नगरपालिका वडा नं १८ स्थित श्री बालज्योति माध्यामिक बिद्यालयको हिजो सम्पन्न (साउन १६,२०८२) अभिभावक तथा सरोकारवाला निकायको बृहत् भेला/बैठकले नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन सम्पन्न गरेको छ ।

नव गठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय युवा समाजसेवी, शिक्षाप्रेमी तथा बौद्धिक व्यक्तित्व श्री मीन बहादुर थापा(माप्छन) मगर सर्वसम्मत् चयन हुनुभएको हो । यस अघिको समितिको ३ वर्षे कार्यकाल समाप्त भए सँगै विद्यालयले नयाँ समिति पाएको हो। चयन लगत्तै अध्यक्ष थापाले विद्यालयको भौतिक सुधार भए पनि शैक्षिक सुधारमा व्यापक काम गर्नु पर्ने, चुनौतीको पहाड नै भएको तर आफू लगायत नयाँ टीमले यसलाई अवसरको रुपमा लिने विचार व्यक्त गर्नुभयो ।
शैक्षिक सुधारमा कुनै एक पक्षको एकल प्रयास भन्दा पनि शिक्षक, विद्यार्थी, अविभावक र अन्य सरोकारवाला Stakehokders हरुको उत्तिकै अहम भुमिका रहने भन्दै थापाले सबै पक्षलाई समेटेर नयाँ कार्ययोजनाका साथ अगाडी बढ्ने बताउनुभयो ।
नवगठित ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष थापा सँगै अन्य सदस्यहरु लाल सिंह सारु मगर,लक्ष्मी राना मगर, रमती माकिम, भिम बहादुर आले मगर, शान्ति दर्जी, तिल बहादुर चितौरे मगर(वडाध्यक्ष), टेकजंग गुरुङ(शिक्षक प्रतिनिधि) र समर बहादुर चितौरे मगर-प्रधानाध्यापक(सदस्य सचिव) रहनुभएको छ ।


शिक्षक अभिभावक संघको अध्यक्षमा भने श्री टेक बहादुर राना मगर चयन हुनुभएको छ ।



















