Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

श्री बालज्योति मा.वि ले पाए नयाँ विद्यालय व्यवस्थापन समिति

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण १७, शनिबार ०७:४५ बजे प्रकाशित

खेम थापा मगर 

गैंडाकोट १७  साउन । गैंडाकोट नगरपालिका वडा नं १८ स्थित श्री बालज्योति माध्यामिक बिद्यालयको हिजो सम्पन्न (साउन १६,२०८२) अभिभावक तथा सरोकारवाला निकायको बृहत् भेला/बैठकले नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन सम्पन्न गरेको छ ।

arkhala ads

नव गठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय युवा समाजसेवी, शिक्षाप्रेमी तथा बौद्धिक व्यक्तित्व श्री मीन बहादुर थापा(माप्छन) मगर सर्वसम्मत् चयन हुनुभएको हो । यस अघिको समितिको ३ वर्षे कार्यकाल समाप्त भए सँगै विद्यालयले नयाँ समिति पाएको हो। चयन लगत्तै अध्यक्ष थापाले विद्यालयको भौतिक सुधार भए पनि शैक्षिक सुधारमा व्यापक काम गर्नु पर्ने, चुनौतीको पहाड नै भएको तर आफू लगायत नयाँ टीमले यसलाई अवसरको रुपमा लिने विचार व्यक्त गर्नुभयो ।

शैक्षिक सुधारमा कुनै एक पक्षको एकल प्रयास भन्दा पनि शिक्षक, विद्यार्थी, अविभावक र अन्य सरोकारवाला Stakehokders हरुको उत्तिकै अहम भुमिका रहने भन्दै थापाले सबै पक्षलाई समेटेर नयाँ कार्ययोजनाका साथ अगाडी बढ्ने बताउनुभयो ।

नवगठित ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष थापा सँगै अन्य सदस्यहरु लाल सिंह सारु मगर,लक्ष्मी राना मगर, रमती माकिम, भिम बहादुर आले मगर, शान्ति दर्जी, तिल बहादुर चितौरे मगर(वडाध्यक्ष), टेकजंग गुरुङ(शिक्षक प्रतिनिधि) र समर बहादुर चितौरे मगर-प्रधानाध्यापक(सदस्य सचिव) रहनुभएको छ ।

शिक्षक अभिभावक संघको अध्यक्षमा भने श्री टेक बहादुर राना मगर चयन हुनुभएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved