काठमाडौँ २४ साउन । नेपाली काँग्रेसका महासमिति सदस्य गोकुल सापकोटाले नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
शुक्रबार रास्वपा केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले सापकोटाको पार्टी प्रवेश गरेको जानकारीसहितबैठकका अन्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सापकोटाले पुराना दलहरू देश विकास र सुशासनको मुद्दामा पूर्ण रूपमा असफल भएको भन्दै आफूले नयाँ विकल्प रोजेको बताए ।



















