Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैँडाकोटमा ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ साउन २५ | बिहान ०६:०४ बजे

गैँडाकोट २५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैडाकोट नगरपालिकाले ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।


गैंडाकोटमा फ्यामिली क्याफेमा विशेष कार्यक्रमसँगै शुभकामना आदानप्रदान गरिएको छ ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शुभकामना व्यक्त गर्दै नगरपालिकाको तर्फबाट सक्दो प्रयास गर्ने र सहयोग गर्ने बताउनुभएको छ । जनजाति महासङ्घको सांस्कृतिक र ऐतिहासिक भवन निर्माणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र नगरपालिकाले केन्द्र र प्रदेशसँगको सहयोग र समन्वयका लागि पनि काम गर्ने बताउनुभएको छ ।

arkhala ads


आदिवासी जनजातिको कला धर्म संस्कृति संरक्षणका लागि बन्न लागेको आदिवासी जनजातिको संग्रहालय निर्माणका लागि नगरपालिकाको तर्फबाट सहयोग सँगसँगै समन्वय पनि हुने बताउनुभएको हो । यो नगरपालिकाकै गहना भएकाले यो निर्माण गर्नु आवश्यक रहेको पनि उहाँले बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैंडाकोट नगरपालिकाका अध्यक्ष नरबहादुर थापा मगर नरेशले जनजाति आदिवासीको सङ्ग्राहालय नगरकै सम्मान र सम्पत्ति भएकाले यसको निर्माणमा सबै पक्षले चासो दिनपर्ने आवश्यकता रहेको बताउनुभयो ।


सङ्ग्रालयलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गराउन सबैले हातेमालो गरेर अगाडि बढ्न पनि आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सल्लाहकार संयोजक गजेन्द्रबहादुर आले, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका सल्लाहकार अमृत भट्टचन, गैंडाकोट वडा नम्बर १४ का वडा अध्यक्ष कोकीसरा रानामगर, कार्यपालिका सदस्य शान्ता घर्ती, नेपाल मगर संघ जिल्ला समितिको कोषाध्यक्ष उत्तम प्रसाद वाकवाक मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैडाकोटका सचिव धनबहादुर कुमालले गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved