Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैँडाकोटमा ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण २५, आईतवार ०६:१६ बजे प्रकाशित
bulingtar press ads

गैँडाकोट २५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैडाकोट नगरपालिकाले ३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसका अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।


गैंडाकोटमा फ्यामिली क्याफेमा विशेष कार्यक्रमसँगै शुभकामना आदानप्रदान गरिएको छ ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शुभकामना व्यक्त गर्दै नगरपालिकाको तर्फबाट सक्दो प्रयास गर्ने र सहयोग गर्ने बताउनुभएको छ । जनजाति महासङ्घको सांस्कृतिक र ऐतिहासिक भवन निर्माणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने र नगरपालिकाले केन्द्र र प्रदेशसँगको सहयोग र समन्वयका लागि पनि काम गर्ने बताउनुभएको छ ।


आदिवासी जनजातिको कला धर्म संस्कृति संरक्षणका लागि बन्न लागेको आदिवासी जनजातिको संग्रहालय निर्माणका लागि नगरपालिकाको तर्फबाट सहयोग सँगसँगै समन्वय पनि हुने बताउनुभएको हो । यो नगरपालिकाकै गहना भएकाले यो निर्माण गर्नु आवश्यक रहेको पनि उहाँले बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैंडाकोट नगरपालिकाका अध्यक्ष नरबहादुर थापा मगर नरेशले जनजाति आदिवासीको सङ्ग्राहालय नगरकै सम्मान र सम्पत्ति भएकाले यसको निर्माणमा सबै पक्षले चासो दिनपर्ने आवश्यकता रहेको बताउनुभयो ।


सङ्ग्रालयलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गराउन सबैले हातेमालो गरेर अगाडि बढ्न पनि आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सल्लाहकार संयोजक गजेन्द्रबहादुर आले, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका सल्लाहकार अमृत भट्टचन, गैंडाकोट वडा नम्बर १४ का वडा अध्यक्ष कोकीसरा रानामगर, कार्यपालिका सदस्य शान्ता घर्ती, नेपाल मगर संघ जिल्ला समितिको कोषाध्यक्ष उत्तम प्रसाद वाकवाक मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैडाकोटका सचिव धनबहादुर कुमालले गर्नुभएको थियो ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved