देवघाट २५ साउन । ३१औं विश्व आदिवासी दिवस देवघाटमा एक अन्तरकृया तथा प्रशिक्षण कार्यक्रम गरेर सम्पन्न गरेको छ ।

झन्डै ८५%(प्रतिशत) आदिवासी मुलबासीको बहुल्यता रहेको देवघाट गाउँपालिकामा स्थानीय सरकार स्वयंले ३१औं बिश्व आदिवासी दिवस कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको समन्वयमा देवघाट गाउँपालिकाको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा देवघाटमा रहेका विभिन्न आदिवासीहरुको जातीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

उक्त प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमलाई आदिवासी जनजाति महासंघ तनहुँका पुर्व अध्यक्ष हरिसिं गुरुङले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङ प्रमुख प्रशासकीय अधिकृत कालिका तिमिल्सिना लम्साल, नेपाल मगर संघ देवघाट
गाउँपालिका अध्यक्ष खड्क पामी आले मगर , देवघाट तमु गुरुङ समाजका अध्यक्ष नर बहादुर गुरुङ , बोटे समाजका अध्यक्ष राम बहादुर बोटे, भुजेल समाजका सचिव सुन्दर भुजेल, वडा नं१का वडाअध्यक्ष मनिराज गुरुङ, कार्यपालिका सदस्य बाबुराम परियार लगायत व्यक्ति ले शुभकामना मनतव्य दिनु भएको थियो ।



















