गैंडाकोट २५ साउन । नवलपुरको गैंडाकोटमा ट्रक र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
गैंडाकोटको खरकट्टा जंगलमा ना ५ ख ८४१७ नम्बरको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।



















