Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नारायणी पुलमा आइतबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • भाद्र ८, आईतवार ०८:१४ बजे प्रकाशित
bulingtar press ads

गैंडाकोट ०८ भदौ । गैंडाकोट नगरपालिका–२ नारायणी पुलमा आइतबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गैंडाकोटबाट नारायणगढतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना१क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना४३प ८७ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गैंडाकोट–४ निवासी २३ वर्षीय मोटरसाइकल चालक मुनाल दाहाललाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएकोमा साँझ ५ः४८ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलमा पछाडि सवार गैंडाकोट–४ कै २७ वर्षीय प्रतिक घिमिरे सामान्य घाइते भई उपचाररत छन् । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सिन्धुली गोलन्जोर गाउँपालिका–९ निवासी ३५ वर्षीय तुक्त बहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
5f97157d81242b43f0a1a479988ad917

बुलिङटारमा ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०९:०३ बजे प्रकाशित
IMG_1619

निर्वाचनलाई लक्षित गर्दै भागीरथ सापकोटाले मतदाता भेटघाट...

  • बुलिङटार प्रेस
  • फाल्गुन १२, मंगलवार ०७:३६ बजे प्रकाशित
IMG_1584

धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको...

  • बुलिङटार प्रेस
  • फाल्गुन ११, सोमबार ०५:५८ बजे प्रकाशित
IMG_2909

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा...

  • बुलिङटार प्रेस
  • फाल्गुन ९, शनिबार ०९:४७ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved