गैंडाकोट ०८ भदौ । गैंडाकोट नगरपालिका–२ नारायणी पुलमा आइतबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गैंडाकोटबाट नारायणगढतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना१क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना४३प ८७ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गैंडाकोट–४ निवासी २३ वर्षीय मोटरसाइकल चालक मुनाल दाहाललाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएकोमा साँझ ५ः४८ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलमा पछाडि सवार गैंडाकोट–४ कै २७ वर्षीय प्रतिक घिमिरे सामान्य घाइते भई उपचाररत छन् । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सिन्धुली गोलन्जोर गाउँपालिका–९ निवासी ३५ वर्षीय तुक्त बहादुर आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



















