गैडाकोट ०७ असोज । डाँडाझेरी गैडाकोट विकास समाजको पहलमा सङ्कलन गरिएको रकम सुमित्रा बराल मगरलाई सहयोग हस्तान्तरण गरियो ।

बुलिङटार गाउँपालिका वडा नम्बर-०१, सतीकोट निवासी स्वर्गीय दुर्गा बहादुर बराल मगरको पत्नी वर्ष ३३ को श्रीमती सुमित्रा बराल मगरको पित्तथैलीमा पत्थरी र कलेजोमा मासु पलाएको समस्याको कारण opeqration गर्नको लागि डाँडाझेरी गैंडाकोट विकास समाजद्वारा गरिएको “आर्थिक सहयोग अभियान” लाई स्वीकार गरी विभिन्न व्यक्ति, समाजसेवी, इष्टमित्रले आर्थिक सहयोग रकम गरी रु.८६४६५/-(अक्षरूपी छयासी हजार चार सय पैसठ्ठी मात्र ।) सङ्कलन गरी संस्थाको कार्यलयमा बराल मगरलाई हस्तान्तरण गरियो । यस कार्यक्रममा संस्थाका अध्यक्ष श्री दुर्गा बहादुर मसराङ्गी मगर ज्यूको अध्यक्षतामा समापन भएको हो ।
कार्यक्रममा संस्थाका सचिव श्री ओम प्रकाश सिंजाली मगर, काेषाध्यक्ष श्री देव बहादुर दर्लामी मगर, सहसचिव श्री गो बहादुर मसराङ्गी मगर, सदस्य श्री होम बहादुर मसराङ्गी मगर, नेत्र माया थापा मगर, ऋण तथा लेख संयोजक श्री चिरान गरँजा मगर , सदस्य श्री श्यम बहादुर थापा मगर, कार्यालय सचिव श्री धन बहादुर सिंजाली मगर र सल्लाहकार सर्वजित गाहा मगर, उत्तम प्रसाद बकावल मगर पवित्रा मसराङ्गी मगर, अन्य उपस्थिति श्री टीका राम बाचे र ताली माया बकाबल मगर उपस्थिति रहेको थियो ।




















