Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गैंडाकोट सम्पर्क समाज र डाँडाझेरी गैँडाकोट विकास समाजको संयुक्तमा नवलपरासी जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण ज्ञापनपात्र

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ अशोज ८ | मध्यान्ह १२:०६ बजे

गैँडाकोट ८ असोज । गैँडाकोट देखि डेढगाउँ सम्मको भाडाको बारेमा बुलिङटार गैंडाकोट सम्पर्क समाज र डाँडाझेरी गैँडाकोट विकास समाजको संयुक्तमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण ज्ञापनपात्र बुझाइयो ।

arkhala ads

कालीगण्डकी करिडोरबाट नवलपरासी (ब.सु.पू.) को बुलिङ्टार, बौदीकाली गाउँपालिका हुँदै पाल्पा जिल्लाको रामपुरसम्मको बाटो निर्माण कार्यसम्पन्न भई कालोपत्र भई सक्दा सम्म भाडादर कार्यान्वयन नभएको हुनाले उक्त बाटोमा निगरानीको लागि जिल्ला प्रशासन कार्यालय कावासोती, नवलपरासी (ब.सु.पू.) ध्यानाकार्षण ज्ञापन पत्र बुझाएको हो ।
उक्त बाटोबाट सार्वजनिक यातायातबाट यात्रा गर्ने आम जनसमुदायको भाडाको विषयमा उपभोक्ताहरूको गुनासोलाई सम्बोधन गर्दै बुलिङ्टार गैंडाकोट सम्पर्क समाज र डाँडाझेरी गैंडाकोट विकास समाजको सयुक्तमा कालीगण्डकी करिडोरको भाडाको विषयमा ध्यानाकार्षण पत्र बुझाउने निर्ण २०८२ असोज ७ गते जिल्ला प्रमुख अधिकारी भेट गरी पत्र दिएको हो ।


उक्त कार्यक्रममा चेस राम आले मगर बोल्दै गैंडाकोट देखि जाने विभिन्न सार्वजनिक गाडीलाई नजिकै रहेको ढोडेनी चेकपोष्टमा पनि राम्रो संग नहेर्ने र त्यसको कारण दुर्घटना हुने सम्भावन धेरै हुने भएकोले त्यसमा राम्रो संग चेकजाँच गरी नियमन गर्न अनुरोध गर्नु भएको छ ।
हाल सार्वजनिक यातायातले गैडाकोटदेखि बुलिटारसम्म ५० कि.मि. सम्मको प्रति व्यक्ति रकम रु.४००/-, गैंडाकोटदेखि डेढगाउँसम्म ७० कि.मि. प्रति व्यक्ति रकम रु. ५००।- लिँदै आइरहेको छ ।
उक्त बाटोबाट यात्रा गर्ने यात्रुहरुको गुनासोलाई ध्यानमा राख्दै, नेपाल सरकारको यातायात व्यवस्थापन कार्यालयको नियमअनुसार भाडादर कायम होस् भनी पत्रमा उल्लेख गरिएको छ ।


उक्त भाडा दर र सवारी साधनको क्षमता भन्दा बढि यात्रुहरु ओसार-प्रसार गर्ने सवारी साधनप्रति यथासिघ्र नियमानुसार कारवाहीका लागि समेत पत्रमा उल्लेख गरिएको छ ।
यस कार्यक्रममा बुलिङटार गैंडाकोट सम्पर्क समाज अध्यक्ष भगवान घिमिरे र डाँडाझेरी गैँडाकोट विकास समाजको अध्यक्ष दुर्गा बहादुर मसराङ्री मगर, गण्डकी प्रदेश नेपाल मगर संघ कोषाध्यक्ष उत्तम प्रसाद वाकवाल मगर, पूर्व जिल्ला समन्वय समितिको प्रमुख चेस राम आले मगर र अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved