Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गैंडाकोट सम्पर्क समाज र डाँडाझेरी गैँडाकोट विकास समाजको संयुक्तमा नवलपरासी जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण ज्ञापनपात्र

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • आश्विन ८, बुधबार १२:०३ बजे प्रकाशित
bulingtar press ads

गैँडाकोट ८ असोज । गैँडाकोट देखि डेढगाउँ सम्मको भाडाको बारेमा बुलिङटार गैंडाकोट सम्पर्क समाज र डाँडाझेरी गैँडाकोट विकास समाजको संयुक्तमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण ज्ञापनपात्र बुझाइयो ।

कालीगण्डकी करिडोरबाट नवलपरासी (ब.सु.पू.) को बुलिङ्टार, बौदीकाली गाउँपालिका हुँदै पाल्पा जिल्लाको रामपुरसम्मको बाटो निर्माण कार्यसम्पन्न भई कालोपत्र भई सक्दा सम्म भाडादर कार्यान्वयन नभएको हुनाले उक्त बाटोमा निगरानीको लागि जिल्ला प्रशासन कार्यालय कावासोती, नवलपरासी (ब.सु.पू.) ध्यानाकार्षण ज्ञापन पत्र बुझाएको हो ।
उक्त बाटोबाट सार्वजनिक यातायातबाट यात्रा गर्ने आम जनसमुदायको भाडाको विषयमा उपभोक्ताहरूको गुनासोलाई सम्बोधन गर्दै बुलिङ्टार गैंडाकोट सम्पर्क समाज र डाँडाझेरी गैंडाकोट विकास समाजको सयुक्तमा कालीगण्डकी करिडोरको भाडाको विषयमा ध्यानाकार्षण पत्र बुझाउने निर्ण २०८२ असोज ७ गते जिल्ला प्रमुख अधिकारी भेट गरी पत्र दिएको हो ।


उक्त कार्यक्रममा चेस राम आले मगर बोल्दै गैंडाकोट देखि जाने विभिन्न सार्वजनिक गाडीलाई नजिकै रहेको ढोडेनी चेकपोष्टमा पनि राम्रो संग नहेर्ने र त्यसको कारण दुर्घटना हुने सम्भावन धेरै हुने भएकोले त्यसमा राम्रो संग चेकजाँच गरी नियमन गर्न अनुरोध गर्नु भएको छ ।
हाल सार्वजनिक यातायातले गैडाकोटदेखि बुलिटारसम्म ५० कि.मि. सम्मको प्रति व्यक्ति रकम रु.४००/-, गैंडाकोटदेखि डेढगाउँसम्म ७० कि.मि. प्रति व्यक्ति रकम रु. ५००।- लिँदै आइरहेको छ ।
उक्त बाटोबाट यात्रा गर्ने यात्रुहरुको गुनासोलाई ध्यानमा राख्दै, नेपाल सरकारको यातायात व्यवस्थापन कार्यालयको नियमअनुसार भाडादर कायम होस् भनी पत्रमा उल्लेख गरिएको छ ।


उक्त भाडा दर र सवारी साधनको क्षमता भन्दा बढि यात्रुहरु ओसार-प्रसार गर्ने सवारी साधनप्रति यथासिघ्र नियमानुसार कारवाहीका लागि समेत पत्रमा उल्लेख गरिएको छ ।
यस कार्यक्रममा बुलिङटार गैंडाकोट सम्पर्क समाज अध्यक्ष भगवान घिमिरे र डाँडाझेरी गैँडाकोट विकास समाजको अध्यक्ष दुर्गा बहादुर मसराङ्री मगर, गण्डकी प्रदेश नेपाल मगर संघ कोषाध्यक्ष उत्तम प्रसाद वाकवाल मगर, पूर्व जिल्ला समन्वय समितिको प्रमुख चेस राम आले मगर र अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कमेन्टहरु

bulingtar press ads
bulingtar press ads

ताजा खबरहरु

सबै
IMG_0758

नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक...

  • बुलिङटार प्रेस
  • माघ ६, मंगलवार ०७:०८ बजे प्रकाशित
IMG_0547

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक,...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०९:२२ बजे प्रकाशित
IMG_0512

नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन...

  • बुलिङटार प्रेस
  • पुष २४, बिहीबार ०६:४१ बजे प्रकाशित
11834371d2a8a003151f4c8277e25bf3

सामाजिक,व्यक्तित्वका तथा शैक्षिक परिचित करुणा कुमाल

  • बुलिङटार प्रेस
  • पुष २२, मंगलवार ०५:०१ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved