गैंडाकोट १७ कार्तिक । गैंडाकोट नगरपालिका वडा नं. ०३ भोंक्रोफाँटमा श्री सिद्दगुफा तथा मंगलादेवी विकास समितिको आयोजनामा २०८२ सालको हरिबोधिनी एकादशी मेलाको अवसरमा आयोजित साविक गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम कार्तिक १८ गते देखि २४ गते सम्म गर्ने भएको छ ।
यस कार्यक्रममा पहिलो १८ गते मंगलबार उदघाटन, राष्ट्रिय कलाकारहरुको दोहोरी धमाका साथै बृहत सांस्कृतिक कार्यक्रम र १९ गते देखि “साविक गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता” सुरु गर्ने समितिका सचिव मनोज थापा मगरले जानकारी दिनु भएको हो ।
राष्ट्रिय कलाकारहरु गायिकाहरु मधु थापा मगर, प्रिन्सा थापा मगर, सपना, गायकहरु यम आले मगर, हिरन थापा मगर, स्थानीय कलाकारहरुखाम पुलामी मगर, तेजिन्द्र सुनारी मगर,हिम्मत गंद्रमा मगर साथै विभिन्न झेउरे, कौडाको प्रस्तुति रहेको छ ।
कार्यक्रम संचालक शिव थापा मगरले गर्ने भएको छ
प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने खेलाडी टीमले प्रथम-४०,०००/-,द्वितीय-३०,०००/- र तृतीय-२०,००० रुपैयाँ प्रदान गरिनेछ । भलिबल टीम दर्ता शुल्क ३,५००/- रुपैयाँ राखिएको आयोजकले बताएको छ ।
कार्यक्रम हुने स्थान गैंडाकोट -३, भोंक्रोफाँट, भलिबल खेल मैदान हुनेछ ।



















