Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटारमा निःशुल्क आँखा परीक्षण तथा अप्रेशन शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ कार्तिक २५ | बिहान ०९:०७ बजे

बुलिङटार २५ कार्तिक । बुलिङटारमा निःशुल्क आँखा परीक्षण तथा अप्रेशन शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
स्थानिय नागरिकहरूलाई आफ्नै गाउँमै सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले बुलिङटार गाउँपालिका अध्यक्ष इ. दिपेन्द्र सुनारी मगरको पहलमा शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो ।
बुलिङटार गाउँपालिका कार्यालय, भरतपुर आँखा अस्पताल र कुमारी सार्वजनिक शैक्षिक गुठी लगायतका संस्थाहरूको संयुक्त आयोजनामा उक्त कार्यक्रम गाउँपालिका भित्रका आमनागरिकहरूको आँखा सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
कार्यक्रम बुलिङटार गाउँपालिकाका अध्यक्ष इ. दिपेन्द्र सुनारी मगरकोको अध्यक्षतामा भएको कार्यक्रममा कुल ५६० जना बिरामीहरूले आँखाको स्वास्थ्य परीक्षण गरिएको थियो, जस मध्ये ७० जना बिरामीहरूलाई निःशुल्क अप्रेशन सेवा गाउँपालिकाको सहजीकरणमा नै प्रदान गरिएको थियो ।
यस सफल आयोजनामा सहयोग पुर्‍याउने भरतपुर आँखा अस्पताल, कुमारी सार्वजनिक शैक्षिक गुठी, बुलिङटार स्वास्थ्य शाखाका प्रमुख, सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक तथा प्राविधिक टिम र जनप्रतिनिधिलाई गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद अध्यक्ष सुनारीले गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved