Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य केहरसिंह रानाले पार्टीसँगको करिब ३० वर्ष लामो राजनीतिक यात्रालाई टुंग्याउँदै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ पुस २१ | मध्यान्ह १२:०९ बजे

गैडाकोट २१ पुस । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य केहरसिंह रानाले पार्टीसँगको करिब ३० वर्ष लामो राजनीतिक यात्रालाई टुंग्याउँदै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य केहरसिंह रानाले पार्टीसँगको करिब ३० वर्ष लामो राजनीतिक यात्रालाई टुंग्याउँदै औपचारिक रूपमा पार्टीबाट अलग हुने निर्णय गरेका छन् ।

राना नवलपुर जिल्लाको गैडाकोट नगरपालिका–१ निवासी हुन् । सार्वजनिक सन्देशमार्फत रानाले राष्ट्रिय जनमुक्ति पार्टीलाई केवल एउटा राजनीतिक संगठन मात्र नभई चेतना, संघर्ष र जीवनका अमूल्य स्मृतिहरूको स्रोतका रूपमा स्मरण गरेका छन् । समाजवादप्रतिको दृष्टिकोण र मानवीय मूल्यप्रतिको प्रतिबद्धताले आफ्नो राजनीतिक जीवनलाई निरन्तर मार्गदर्शन गर्दै आएको उनको भनाइ छ ।
आफ्नो राजनीतिक यात्राका क्रममा मार्गदर्शन, साथ र प्रेरणा प्रदान गर्ने आदरणीय स्व. कर्णबहादुर सुनारीसहित सहकर्मी, साथीहरू, शुभेच्छुक तथा सम्पूर्ण राष्ट्रिय जनमुक्ति पार्टी परिवारप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
पार्टीबाट अलग हुने निर्णय सहज नभए पनि समयको माग, परिवर्तन र नयाँ सम्भावनालाई आत्मसात गर्दै जीवनको आगामी अध्यायतर्फ अघि बढ्न आवश्यक कदमका रूपमा यस निर्णयलाई लिएको रानाले बताएका छन् । यो निर्णय राजनीतिक विदाइ भए पनि व्यक्तिगत रूपमा आदर, स्नेह, सम्मान, आत्मीयता, मित्रता तथा सामाजिक प्रतिबद्धता यथावत् रहने उनले स्पष्ट पारेका छन् ।
अन्त्यमा, राष्ट्रिय जनमुक्ति पार्टीमा बिताएको सम्पूर्ण राजनीतिक यात्रालाई गर्व र कृतज्ञताका साथ स्मरण गर्दै पार्टीबाट प्राप्त चेतना, संघर्ष र सेवाभावलाई जीवनभरको अमूल्य सम्पत्तिका रूपमा लिएको रानाको भनाइ छ ।

arkhala ads

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved