कावासोती २४ पुस । नेपाल मगर साँस्कृतिक संघ नवलपुरको तेस्रो अधिवेशन आज कावासोतीमा सम्पन्न भएको छ ।
कावासोतीको होटल लक्समा भएको श्री बेल बहादुर सारु मगरको अध्यक्षता तथा नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय उपा महासचिव प्रेम बिवश घर्ती मगर,नेपाल मगर साँस्कृतिक संघ लुम्बीनी प्रदेश अध्यक्ष खम ब बुढा मगर ,नेपाल मगर संघ केन्द्रीय सदस्य देवी सरा पुलामी मगर ,नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष दुर्गा बहादुर मासरङ्गी मगर टंक प्रसाद आले मगर, रेशम बाचे मगर साथै गाउँपालिका र नगरपालिकाको अध्यक्षहरुको उपस्थितीमा अधिवेशन सम्पन्न गरिएको हो । यस अधिवेशन बाट सर्वसम्मत नयाँ कार्यसमिति अध्यक्ष चिरन गरँजा मगर, उपाध्यक्ष अस्मी थापा मगर ,सचिव अम्बीका बकाबल,सह-सचिव खेमराज थापा मगर,कोषाध्यक्ष टिकीसरा राना मगर, सह-कोषाध्यक्ष सागर गाह मगर,सदस्यहरू बेल राना मगर, अमर रजाली मगर, धन बहादुर सिंजाली मगर, भिम राना मगर निर्वाचित हुनु भएको छ ।
सहजीकरण गरिदिनु हुने नेपाल मगर जिल्ला समन्वय समिति नवलपुर , लोक दोहोरी गायक तथा पुर्ब नवलपुर नेपाल मगर सँस्कृतिक संघ संस्थापक जिल्ला अध्यक्ष यम आले मगर,लोक दोहोरी गायक हिरन थापा मगर,सास्कृतिक संघ गण्डकी प्रदेश सदस्य शिव थापा मगरहरुले गर्नु भएको थियो



















