Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक, विद्यालय र प्रतिभावाहन विद्यार्थी खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ पुस २४ | मध्यान्ह ०९:०९ बजे

बुलिङटार २४ पुस । बुलिङटार गाउँपालिका भित्रका उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक, विद्यालय र प्रतिभावाहन विद्यार्थी खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बुलिङटार गाउँपालिकाको युवा तथा खेलकुद शाखाको आयोजनामा सम्मान सो कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रम शिक्षा शाखा प्रमुख श्री बुद्ध रानाभाटको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारी मगरकाे प्रमुख अतिथि, उपाध्यक्ष श्री दिल माया राना मगर विशिष्ट अतिथि बुलिङटार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु बहादुर थापा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा वडाअध्यक्षहरू, शाखा प्रमुखहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षजहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, कर्मचारीहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्देश्यअनुसार कक्षा ५, ८, १० र १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्नेहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने अन्य उत्कृष्ट विद्यार्थीहरूलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । साथै उत्कृष्ट नतिजा हासिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित विषयगत शिक्षकहरूलाई प्रमाणपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
यसका साथै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा पदक प्राप्त गर्ने विद्यार्थी–खेलाडीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै शिक्षा र खेलकुद दुवै क्षेत्रमा अनुशासन, प्रतिस्पर्धा र उत्कृष्टतालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved