नवलपुर ६ माघ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नं १ मा गजेन्द्र आले मगरलाई उम्मेदवार बनाएको छ ।
२०४८ देखि निरन्तर नेपाली कांग्रेस विजयी हुँदै आएको नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक कोइरालालाई पछि पार्दै आलेले टिकट हात पारेका हुन ।
२०६४ देखि यो क्षेत्रमा कांग्रेस नेता शशांक कोइरालाले जित्दै आएका थिए । १८ वर्ष पछि कांग्रेसले यो क्षेत्रमा स्थानीयलाई उम्मेदवार बनाएको हो ।







