Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाकाको समन्यवमा जलवायु मैत्री कृषि तथा महिला सशक्तिकरण कृषि मेला–२०८२ सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • माघ १९, सोमबार ०८:२४ बजे प्रकाशित
बुलिङटार  १९ माघ । बुलिङटार गाउँपालिकाकाको समन्यवमा Youth Action for Sustainable and Eco Nepal (YASEN) को आयोजनामा महिला समूहलाई सशक्त बनाउँदै सामुदायिक बिउ बैंक स्थापना गर्ने उद्देश्यसहित “जलवायु मैत्री कृषि तथा महिला सशक्तिकरण कृषि मेला–२०८२” सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्री दीपेन्द्र सुनारी मगरले जलवायु परिवर्तनले कृषिमा पारेको गम्भीर असरप्रति ध्यानाकर्षण गराउँदै स्थानीय रैथाने बिउहरूको संरक्षण, संवर्द्धन र दीगो उपयोग अपरिहार्य भएको स्पष्ट पार्नुभयो । उहाँले रैथाने बिउ केवल उत्पादनको स्रोत मात्र नभई खाद्य सुरक्षा, जैविक विविधताको संरक्षण तथा स्थानीय पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएको उल्लेख गर्दै महिला कृषकहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उक्त कृषि कार्यक्रमा स्थानीय रैथाने प्रजातिका बिउहरूको विशेष प्रदर्शनी समेत आयोजना गरिएको थियो । प्रदर्शनीमार्फत विभिन्न परम्परागत बाली तथा बिउहरू सार्वजनिक रूपमा अवलोकन गरिनुका साथै तिनको महत्व, संरक्षण विधि र उपयोगिताबारे जानकारी आदान–प्रदान गरिएको थियो ।
यसले कृषकहरूमा रैथाने बिउप्रतिको चासो र अपनत्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । कार्यक्रमले महिला कृषकहरूलाई जलवायु मैत्री कृषि अभ्यास, आत्मनिर्भर कृषिप्रणाली तथा सामुदायिक बिउ बैंकमार्फत बिउ संरक्षणको दिशामा प्रेरित गरेको थियो । साथै स्थानीय बिउहरूको दीगो संरक्षण गर्दै भावी पुस्ताका लागि सुरक्षित राख्ने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
कार्यक्रममा बुलिङटार गाउँपालिका अन्तर्गत वडा नम्बर १ देखि ६ सम्मका वडा अध्यक्षज्यूहरू, गाउँपालिका कर्मचारी अन्य जनप्रतिनिधिहरू, विभिन्न महिला समूहहरू तथा कृषकहरूको व्यापक, उत्साहजनक र अर्थपूर्ण सहभागिता रहेको थियो । कृषकहरूबीच अनुभव आदान–प्रदान, रैथाने बिउको प्रदर्शनी तथा जलवायु अनुकूल कृषि अभ्याससम्बन्धी छलफलसहित कार्यक्रम अत्यन्त प्रभावकारी थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved