Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैंडाकोटमा प्रथम शहीद क्याप्टेन लखन थापा मगरको १४९औँ स्मृति दिवसमा दीप प्रज्वलन तथा अन्तरक्रिया

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • फाल्गुन २, शनिबार ०५:३४ बजे प्रकाशित

गैंडाकोट, २ फागुन । गैंडाकोटमा नेपालका प्रथम शहीद क्याप्टेन लखन थापा मगरको १४९औँ स्मृति दिवसका अवसरमा दीप प्रज्वलन तथाअन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम शनिबार नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजनामा गैंडाकोट–८ स्थित लखनचोकमासम्पन्न भएको हो ।

arkhala ads

कार्यक्रम नेपाल मगर संघ तमुवान मगरात गण्डकी प्रदेशकी सह–कोषाध्यक्ष सुस्मिता बिरकट्टा मगरको प्रमुख आतिथ्य तथा नेपाल मगर संघ गैंडाकोटनगर समितिका अध्यक्ष दुर्गा बहादुर पुन मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि सुस्मिता बिरकट्टा मगरले शहीदप्रति सम्मान व्यक्त गर्दै लखन थापा मगरको सम्झनामा देशभर कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभयो ।

उहाँले शहीदको सम्मान कुनै जाति विशेषमा सीमित नभई सम्पूर्ण देशवासीले गर्नुपर्ने धारणा राख्दै यस विषयमा आफ्नो तर्फबाट पनि आवाज उठाउनेप्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष दुर्गा बहादुर पुन मगरले लखन थापा मगरले देशमा लोकतन्त्र स्थापनाका लागि आवाज उठाउँदा तत्कालीन शासकबाट हत्या गरिएको स्मरणगर्दै उहाँको सम्झनामा देशव्यापी रूपमा दीप प्रज्वलन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल मगर संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष दुर्गा बहादुर मस्रङ्ग्री मगरले राज्यले सीमित व्यक्तिलाई मात्र शहीद घोषणा गरेको प्रसंग उल्लेखगर्दै लखन थापा मगरलाई औपचारिक रूपमा शहीद घोषणा नगर्नुको कारणबारे प्रश्न उठाउनुभयो । उहाँले शहीदको सम्मान राज्यस्तरबाट हुनुपर्नेमाजोड दिनुभयो ।

त्यस्तै, नेपाल मगर संघ गैंडाकोट–४ का भेजा अध्यक्ष चोक बहादुर गाहा मगरले देशका लागि बलिदान दिने शहीदको सम्मान गर्ने जिम्मेवारी राज्यलेपनि लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वक्ताहरूले शहीद लखन थापा मगरको ऐतिहासिक योगदान, राष्ट्रप्रतिको समर्पण, साहस र बलिदानको चर्चा गरेका थिए।सहभागीहरूले शहीदको योगदानको राज्यस्तरबाट उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सल्लाहकार केहरसिं राना मगर, संरक्षक गोपाल दर्लामी मगर, नेपाल मगर संघ तमुवानका पूर्व कोषाध्यक्ष उत्तम प्रसाद बाकाबाल मगरलगायत विभिन्न पदाधिकारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

नेपाल मगर संघ गैंडाकोट नगर समितिका सदस्य मोहनसिं गाहा मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव भद्रकुमारी घर्तिमगरले गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved