Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८२ फाल्गुन ९ | मध्यान्ह ०९:११ बजे

गैँडाकोट, ०९ फागुन । गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा रचना वाचन कार्यक्रम–२०८२ सम्पन्न भएको छ ।

नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार किसान बचत सहज सेवा केन्द्र, गैँडाकोट–४ मा कार्यक्रम गरिएको हो ।

arkhala ads

कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैँडाकोटको समन्वय तथा नेपाल मगर संघ नगर समिति गैँडाकोट, नवलपुरको सहकार्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर लेखक संघका केन्द्रीय भाषिक उपाध्यक्ष इर्राधा झाँक्री मगर रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता नेपाल मगर लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष खड्का पामी आले मगरले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि झाँक्रीले गण्डकी प्रदेशमा मगर भाषालाई सरकारी भाषाका रूपमा प्रयोगमा ल्याउन सफल भएको उल्लेख गर्दै अन्य प्रदेशहरूमा पनि विभिन्न जातजातिका भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउन अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले सबै जातजातिले आफ्नो मातृभाषा संरक्षण र प्रवद्र्धनमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

सभाध्यक्ष आले मगरले भाषा संरक्षण गर्न नसके सांस्कृतिक अस्तित्व नै संकटमा पर्ने बताउँदै सम्पूर्ण जनजाति समुदाय सचेत र सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै सहभागीहरूले आफ्ना मातृभाषामा रचना वाचन गरेका थिए । मोतिराम थामित, लक्ष्मीप्रसाद चोंधरी, श्रीमाया श्रेष्ठ, धनबहादुर गुरुङ, तिलबहादुर थापा मगर, महेन्द्र थापा मगर, अमृता थापा मगरलगायतले रचना प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी नेपाल मगर संघ जिल्ला समन्वय समिति अध्यक्ष बेलबहादुर सारु मगर, नेपाल मगर संघ गैँडाकोट नगर समितिका संरक्षक केहरसिं राना मगर, क्षेत्रीय गुरुङ संघका पदमबहादुर गुरुङ, नेपाल मगर संघ गण्डकी प्रदेशकी सह–कोषाध्यक्ष सुस्मिता थापा मगर, रेसमकुमार श्रेष्ठ, पूर्णमाया भुजेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल मगर लेखक संघ गैँडाकोट नगर समितिका अध्यक्ष तिकाराम मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण रोशन दर्लामी मगरले गर्नुभएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved