बुलिङटार १२ फागुन । नेपाल मगर संघ बुलिङटार गाउपालिका कार्यसमिति द्वारा आयोजित ४४औं राष्ट्रिय मगर एकाता दिवस तथा बृहत् सास्कृतिक कार्यक्रम – २०८२ फागुन १५ भब्य र सभ्य रुपमा मनाउने भएको छ ।

नेपाल मगर संघ बुलिङटार गाउपालिका आयोजनामा बुलिङटार वडा नं.–०३ पुरानो त्रिभुवन मा.वि.मा हुने कार्यक्रममा १ देखि ६ वडाको झाँकी र्यालीसहित निर्माण भइरहेको मगर संघ भवन बाट सुरु हुने भएको छ । र्यालीमा हजारौंको संख्यामा सहभागी हुने आयोजकले अनुमान गरिएको छ ।
र्याली पछि औपचारिक कार्यक्रम बुलिङटार गाउपालिका कार्यालयका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले समुदघाटन गर्ने भएको छ ।
सो अवसरमा पहिलो दिन १५ गतेको प्रमख अतिथिको मा अध्यक्ष ई.दिपेन्द्र सुनारी मगर, विशिष्ट अतिथि बुलिङटार गाउपालिका उपाध्यक्ष दिल माया राना मगर, ६ वडाको वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु, नेपाल मगर संघ जिल्ला समन्यव समितिका अध्यक्ष र विभिन्न संघ साथ बाट विशेष, अतिथिहरुको उपस्थित हुने नेपाल मगर संघ बुलिङटारको सचिव ओम प्रकाश सिंजाली मगरले जानकारी गर्नु भएको हो ।
मगर दिवसलाई यसपटक पनि जागरण र अधिकार प्राप्तिको लागि साथै मगर दिवस फागुन १५ लाई राष्ट्रिय दिवसको रुपमा घोषणा गर्ने सम्बन्धि बिशेष रुपमा मनाउने र त्यसमा थप केहि रचनात्मक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष प्रिथा बहादुर राना मगरले जानकारी दिएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार चर्चित लोकदोहोरी गायिका सविना बुढा मगर, लोकदोहोरी गायिका तथा डान्सर उर्मिला पुलामी मगर, लोकदोहोरी गायक याम आले साथै स्थानीय लोकदोहोरी गायकहरुको प्रस्तुति पनि रहेने आयोजकले जानकारी दिनुभएको छ ।

यस कार्यक्रममा मुख्यप्रयोजक बुलिङटार गाउपालिका कार्यालय,सह-प्रायोजक १ देखि ६ वडा रहेको छ भने मूल-आयोजकमा नेपाल मगर संघ बुलिङटार गाउपालिका कार्यसमिति र सह-आयोजकको १ देखि ६ वडा कार्यालय रहेको छ ।







