Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङ्टारको श्री जनजागृति माविमा पनि ‘विद्यार्थीसँग अध्यक्ष कार्यक्रम’ सम्पन्न; कक्षा ८ देखि १० का विद्यार्थीले राखे समस्या

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार ६ | बिहान ११:०३ बजे

बुलिङ्टार ०६ असार । नवलपरासी (ब.सु.पू.)बुलिङ्टार गाउँपालिका कार्यालयको आयोजनामा सञ्चालित “विद्यार्थीसँग अध्यक्ष कार्यक्रम” अर्को विद्यालयमा पनि भव्य रूपमा सम्पन्न भएको छ ।

गाउँपालिकाको “बस्न योग्य, हेर्न लायक, समृद्ध बुलिङ्टार” भन्ने मूल नारालाई आत्मसाथ गर्दै यो विशेष संवाद कार्यक्रमको निरन्तरता दिइएको हो ।
बुलिङ्टार गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बुद्ध प्रसाद रानाभाट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


त्यस्तै, श्री जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक विशेष अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका शिक्षक साथीहरू तथा अन्य सरोकारवालाहरूको समेत आतिथ्यता र उपस्थिति रहेको थियो ।

arkhala ads


बुलिङ्टार गाउँपालिका वडा नं. १, ढाँडबेसी स्थित सोही विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर विद्यार्थीहरूले आफ्नो विद्यालयमा भोग्दै आएका विभिन्न शैक्षिक, भौतिक तथा अन्य विविध समस्या र चुनौतीहरू गाउँपालिका अध्यक्ष र सरोकारवालाहरू समक्ष प्रत्यक्ष रूपमा राखेका थिए ।

विद्यार्थीका गुनासा र समस्या सुनेपछि गाउँपालिका नेतृत्वले ती समस्या समाधानका लागि प्रतिबद्धता समेत जनाएको छ । निर्धारित समय दिउँसो ठीक २:०० बजे सुरु भएको उक्त संवाद तथा अन्तरक्रियामूलक कार्यक्रम भव्यताका साथ समापन भएको आयोजकले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved