Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बुलिङटार गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेट पारित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार १० | मध्यान्ह १०:०३ बजे

बुलिङटार १० असार । बुलिङटार गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ।

arkhala ads

गाउँसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटले समृद्ध, आत्मनिर्भर र नागरिकमैत्री स्थानीय शासन निर्माणतर्फ गाउँपालिकाको विकास यात्रालाई थप स्पष्ट दिशा प्रदान गरेको छ।

आगामी आर्थिक वर्षका लागि स्वीकृत नीति तथा कार्यक्रमले सुशासन र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै कृषि तथा पशुपालनको आधुनिकीकरण, उत्पादन र उद्यमशीलताको प्रवर्द्धन, गुणस्तरीय तथा प्राविधिक शिक्षाको विस्तार, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लक्षित वर्गको सशक्तीकरण, दिगो पूर्वाधार निर्माण तथा स्थानीय स्तरमा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ।


गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु. ५० करोड ५७ लाख ३४ हजार २ सय २८ बराबरको बजेट पारित गरेको छ। गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिका उपाध्यक्ष दिल माया राना मगरले बजेट प्रस्तुत गर्नुभएको थियो।


स्थानीय आवश्यकता, स्रोत–साधनको विवेकपूर्ण परिचालन तथा जनअपेक्षालाई केन्द्रमा राखेर तर्जुमा गरिएको नीति, कार्यक्रम तथा बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय अर्थतन्त्रलाई सबल बनाउँदै समावेशी, दिगो र परिणाममुखी विकासको आधार तयार गर्ने विश्वास गाउँपालिकाले लिएको छ।


बुलिङटारको समग्र समृद्धि, सुशासनको सुदृढीकरण र नागरिकको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने साझा प्रतिबद्धतासहित गाउँपालिकाले पारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण सरोकारवालाको सहयोग, सहकार्य र सहभागिताको अपेक्षा गरेको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved