Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरको कावासोतीमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार १४ | मध्यान्ह १०:०३ बजे
नवलपुर, १४ असार । नवलपुरको कावासोतीमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
आइतबार (आज) साँझ अन्दाजी ६:३० बजेको समयमा कावासोती नगरपालिका वडा नं. १४ गोरसदी चोक स्थित भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो । डण्डाबाट सेतापानितर्फ जाँदै गरेको ग प्र ०४००२ प १३८० नम्बरको स्कुटर अनियन्त्रित भई गुडिरहेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि साइकल चालक बौदिकाली गाउँपालिका वडा नं. १ मिथुकरम बस्ने वर्ष ४१ का कृष्णचन्द्र श्रेष्ठ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र उपचारका लागि प्रादेशिक अस्पताल डण्डा पठाइएको छ ।
यस्तै दुर्घटनामा स्कुटर चालक र स्कुटरको पछाडि सवार युवा समेत घाइते भएका छन् । घाइते हुनेहरूमा कावासोती १४ थारु डण्डा बस्ने वर्ष १८ का स्कुटर चालक साहिल महतो रहेका छन् । उनको देव्रे हात र खुट्टामा सामान्य चोट लागेको र प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
स्कुटरको पछाडि सवार सोही स्थानका वर्ष १७ का निसान खत्रीको अवस्था भने गम्भीर रहेको छ । उनको दुवै हात, खुट्टा र टाउकोमा भित्री चोट लागेका कारण प्रादेशिक अस्पताल डण्डामा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि साँझ ७:३० बजे भरतपुर सरकारी अस्पताल रेफर गरिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved