Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गणेश धार्मिक क्षेत्रबारे फैलाइएका आरोपको संस्थाद्वारा खण्डन, तथ्यहीन भ्रम नफैलाउन आग्रह:

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार १५ | मध्यान्ह ०६:०३ बजे

बुलिङटार  १५ असार । बुलिङटार गाउँपालिकामा रहेको श्री गणेश धार्मिक क्षेत्र व्यवस्थापन समितिले सामाजिक सञ्जालमा मन्दिरको स्थापना, सञ्चालन, आर्थिक सहयोग तथा व्यवस्थापनलाई लिएर फैलाइएका आरोप र भ्रमप्रति विस्तृत स्पष्टिकरण सार्वजनिक गरेको छ ।

समितिले गणेश धार्मिक क्षेत्र कानुनी रूपमा दर्ता भएको सार्वजनिक संस्था भएको, आफ्नै जग्गा, पान नम्बर, बैंक खाता तथा व्यवस्थापन समिति रहेको उल्लेख गर्दै मन्दिर कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभएको स्पष्ट पारेको छ। मन्दिर निर्माण र सञ्चालनमा स्थानीय सरकारबाट प्राप्त सहयोग सार्वजनिक धार्मिक क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवर्द्धनका लागि भएको पनि समितिको भनाइ छ ।

arkhala ads

समितिले हालसम्म स्थायी पुजारी नियुक्त गर्न नसकिएको स्वीकार गर्दै आर्थिक स्रोतको अभावका कारण दैनिक पूजा र सरसफाइका लागि स्थानीय सहयोगीलाई करारमा खटाइएको जनाएको छ। सामाजिक सञ्जालमा फैलाइएका आरोपहरू तथ्यहीन, भ्रामक र संस्थाको प्रतिष्ठामाथि प्रहार गर्ने उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै आवश्यक परे प्रमाणसहित थप जवाफ दिने चेतावनी पनि दिएको छ ।

समितिले सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै सत्यतथ्य नबुझी भ्रम फैलाउने कार्य नगर्न र कुनै जिज्ञासा भए प्रत्यक्ष रूपमा संस्थासँग सम्पर्क गर्न आग्रह गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved