Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अनुदान सम्बन्धी सामाजिक सञ्जालमा आएका टिप्पणी र जिज्ञासाहरूका सम्बन्धमा आधिकारिक स्पष्टीकरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार १५ | मध्यान्ह ०७:०३ बजे

बुलिङटार १५ असार । बुलिङटार गाउँपालिकाको बारेमा हाल सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूमा बुलिङटार गाउँपालिकाबाट वितरण गरिएको अनुदान सम्बन्धी सामग्री, विशेष गरी त्रिपाल वितरणको विषयलाई लिएर विभिन्न टिप्पणी, गुनासा तथा जिज्ञासाहरू सार्वजनिक भएको प्रति गाउँपालिकाको ध्यानाकर्षण भएको छ ।

यस सम्बन्धमा जानकारी गराउन चाहन्छौं कि गाउँपालिकाबाट Super Paulin 120 GSM १५*१८ sq feet साईजको त्रिपाल वितरण गरिएको र यसको बजार मूल्य अन्य ब्राण्डको त्रिपालको भन्दा फरक हुने बजारमा बुझेर समेत जानकारी लिन सकिन्छ ।

arkhala ads

प्लास्टिक जन्य सामानको बजार मूल्य ब्रान्ड, GSM, साइज, गुणस्तर अनुसार फरक–फरक हुने गर्दछ। साथै पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रो–केमिकल पदार्थको अभाव तथा मूल्यवृद्धिका कारण प्लास्टिकजन्य सामग्रीहरूको मूल्यमा निरन्तर उतारचढाव भइरहेको र बजार मूल्य समेत एकरूप नरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

साथै, चालु आर्थिक वर्षमा गाउँपालिकाको पालिका स्तरिय कार्यक्रमबाट धानको बीउ लगायतका कृषि सामग्री वितरण सम्बन्धी कुनै अनुदान कार्यक्रम सञ्चालन नभएको समेत स्पष्ट गर्न चाहन्छौं ।

गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, अनुदान वितरण तथा अन्य नियमित कार्यसम्पादनका विषयमा कुनै जिज्ञासा, सुझाव वा गुनासा भएमा सम्बन्धित शाखा, वडा कार्यालय वा गाउँपालिकामा प्रत्यक्ष सम्पर्क गरी जानकारी लिन तथा आफ्नो धारणा राख्न सकिनेछ। प्राप्त गुनासा तथा सुझावहरूलाई गाउँपालिकाले सदैव सकारात्मक रूपमा ग्रहण गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउँदै लैजान प्रतिबद्ध रहेको व्यहोरा समेत सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराइन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved