Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गैंडाकोटबाट नर्सिङ अध्ययनरत सन्तोषी श्रेष्ठ बेपत्ता, खोजीका लागि प्रहरीको अनुरोध

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार १७ | मध्यान्ह ०७:०३ बजे
गैंडाकोट १७ असार । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नं. ०२ नयाँबजारमा बस्ने २८ वर्षीया सन्तोषी श्रेष्ठ घरपरिवारलाई कुनै जानकारी नगराई बेपत्ता भएकी छिन् ।
भरतपुर अस्पतालमा बिएनएस नर्सिङ तेस्रो वर्षमा (BNS Nursing Third year) अध्ययनरत श्रेष्ठ कसैलाई केही नभनी घरबाट हिँडेकी र हालसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र मातहतका वृत्तहरूमा हुलिया परिपत्र गरिएको छ ।
तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ टुँडिखेल स्थायी ठेगाना भएकी श्रेष्ठको स्थायी र अस्थायी दुवै ठेगाना तथा सम्भावित स्थानहरूमा खोजी गर्दा समेत फेला नपरेपछि उनका बुबा कृष्ण कुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय गैंडाकोटमा हुलिया निवेदन दिएका हुन् ।
बेपत्ता महिलाको विवरण र हुलिया:
  • नाम/थर: सन्तोषी श्रेष्ठ
  • उमेर: २८ वर्ष (अविवाहित)
  • पेशा: नर्स (विद्यार्थी)
  • उचाई: अनुमानित ५ फिट १ इन्च
  • तौल: ५५ केजी
  • आँखा र कपालको रङ: कालो
  • हराउने बेलको पोशाक: खैरो विन्डचिटर (Windcheater)
  • विशेष पहिचान: दुवै आँखीभौं नजिक कोठी (टीका जस्तो देखिने)
  • बोल्न सक्ने भाषाहरू: नेपाली, हिन्दी र अंग्रेजी
प्रहरीले श्रेष्ठ अन्य वडा, क्षेत्र तथा छिमेकी प्रदेश र जिल्लाहरूमा समेत फेला पर्न सक्ने भएकाले व्यापक खोजी कार्य गरिरहेको जनाएको छ ।
उनलाई कतै देख्नुहुने वा फेला पार्नुहुने महानुभावहरूले नजिकैको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय गैंडाकोटमा सम्पर्क गरिदिनुहुन प्रहरी र परिवारले अपिल गरेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved