Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरको नयाँ पर्यटकीय गन्तव्य ‘भर्लादी खोला झरना’: प्रवर्द्धनको पर्खाइमा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार १९ | बिहान ०८:०३ बजे

बुलिङटार १९ असार । नवलपुरको बुलिङ्टार गाउँपालिका-१, थामबेसीमा अवस्थित ‘भर्लादी खोला झरना’ प्राकृतिक सौन्दर्यको एक अनुपम उपहारका रूपमा ओझेलमा परेको छ ।

यस मनमोहक झरनाको बारेमा स्थानीय  युवा समाजसेवी शिक्षक लोक प्रसाद रामदामले जानकारी दिनुभएको हो ।

arkhala ads

हरियाली जङ्गल, अनौठा चट्टानी भू-भाग र पहाडको खोंचबाट बग्ने शीतल पानीको बहावले यो झरनालाई अत्यधिक मनमोहक बनाएको छ । करिब ५० देखि ७० मिटर उचाइबाट खस्ने यो प्राकृतिक झरनाको रूप विशेषगरी वर्षायाममा थप आकर्षक र विशाल देखिन्छ ।यस पर्यटकीय स्थलसम्म पुग्नका लागि ताले चोक, थामबेसीबाट करिब १.५ देखि २.५ किलोमिटरको पैदल दूरी पार गर्नुपर्छ । प्राकृतिक वन, चराचुरुङ्गीको चिरबिर आवाज र शान्त वातावरणको आनन्द लिँदै करिब ३० देखि ४५ मिनेटको पैदल यात्रापछि झरना स्थलमा पुग्न सकिन्छ । पिकनिक, प्रकृति अवलोकन, फोटोग्राफी तथा आन्तरिक पर्यटनका लागि यो स्थान उत्कृष्ट गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना बोकेको छ ।

बजारको कोलाहलबाट टाढा रहेको यो सुन्दर झरना आवश्यक प्रचार-प्रसार र पदमार्ग लगायतका न्यूनतम पूर्वाधारको अभावमा अझै पनि ओझेलमा परेको छ । स्थानीय तह र सरोकारवाला निकायले उचित ध्यान दिई यसलाई व्यवस्थित पर्यटकीय गन्तव्यको रूपमा विकास गरेमा समग्र नवलपुरकै आर्थिक र पर्यटकीय प्रवर्द्धनमा ठूलो टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved