Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कावासोतीमा इभी हाइसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार २४ | मध्यान्ह ०५:०३ बजे
असार २४, कावासोती (नवलपुर) ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा बुधबार दिउँसो एक विद्युतीय (इभी) हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। कावासोती नगरपालिका वडा नं. २ स्थित इन्द्रचोकमा दिउँसो करिब ३:०० बजे उक्त दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितका अनुसार, दाउन्नेबाट नारायणगढतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १०४२ नम्बरको इभी हाइसले बाटो काट्दै (क्रस गर्दै) गरेको लु १७ प ८१६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा परि मोटरसाइकल चालक कावासोती-४ बस्ने ४० वर्षीय सुशील पौडेल र सोही स्थानका ३९ वर्षीय नारायण पाण्डे घाइते भएका छन्। घाइतेमध्ये चालक पौडेलको दुवै हात र खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। पछाडि सवार पाण्डे भने सामान्य घाइते भएका छन्।
घटनालगत्तै दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि कावासोतीस्थित नवलपुर अस्पताल पठाइएको छ। ठक्कर दिने हाइस, मोटरसाइकल र हाइस चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. २ बस्ने ३१ वर्षीय रमेश घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved