बुलिङटार २६ असार । बुलिङटार गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार गाउँपालिकाले कुल ७२.३२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
खर्चतर्फ गाउँपालिकाले चालुतर्फ ८०.१८ प्रतिशत र विकास बजेट (पुँजीगत) तर्फ ५४.८ प्रतिशत रकम खर्च गरेको जनाएको छ ।
गाउँपालिकाले आ-आफ्नो क्षेत्रमा विकास निर्माण र प्रशासनिक कार्यका लागि विनियोजित बजेटको खर्च विवरण सार्वजनिक गर्दै पारदर्शिता देखाएको हो ।






