Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सुत्र (SuTRA) प्रणालीमा प्राविधिक समस्या: गैँडाकोटमा चालु आर्थिक वर्षका योजनाहरूको भुक्तानी रोकियो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ असार २६ | मध्यान्ह ०९:०३ बजे
गैँडाकोट २६ असार । गैँडाकोट नगरपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ का विभिन्न योजना तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया रोकिएको छ ।
भुक्तानी प्रणाली ‘सुत्र’ (SuTRA) मा आएको देशव्यापी प्राविधिक गडबडीका कारण भुक्तानी हुन नसकेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाद्वारा जारी सूचना अनुसार, आ.व. २०८२/०८३ का योजनाहरूको भुक्तानीका लागि २०८३ असार १० गतेभित्र आवश्यक कागजातहरू कार्यालयमा पेस गर्न समयसीमा तोकिएको थियो ।
उक्त म्यादभित्र र सोपश्चात् पेस भएका कागजातहरू उपर नगरपालिकाका कर्मचारीहरूले असार २५ गते राति १२ बजेसम्म अथक प्रयास गरेका थिए ।
भुक्तानी प्रणालीलाई सुचारु राख्न कर्मचारीहरू रातभर खटिए तापनि ‘सुत्र’ प्रणालीमा आएको प्राविधिक समस्याका कारण केही योजना तथा कार्यक्रमहरूको भुक्तानी हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगाडेले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षमा मात्र भुक्तानी हुने
नगरपालिकाका अनुसार रोकिएका यी योजना तथा कार्यक्रमहरूको भुक्तानी अब आगामी आर्थिक वर्ष २०८३/०८४ को नयाँ खाता सञ्चालन भएपश्चात् मात्र गरिनेछ। प्राविधिक कारणले गर्दा सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति गैँडाकोट नगरपालिकाले क्षमायाचना समेत गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved