Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

राष्ट्रिय परिचयपत्र लिन भीड बढेपछि चितवन प्रशासनद्वारा सेवा अवधि थप, कार्ड वितरण केही दिनका लागि स्थगित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ साउन ६ | मध्यान्ह १२:०४ बजे

चितवन  ६ साउन । जिल्ला प्रशासन कार्यालय चितवनमा राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्यधिक चाप बढेको छ ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै सेवाग्राहीको भीड नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रशासनले सेवा प्रवाहको समय बढाउने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ। कार्यालयले बुधबार एक जरुरी सूचना जारी गर्दै भोलि साउन ७ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्थापन मिलाइएको जानकारी दिएको हो । बिहान ८ देखि साँझ ७ बजेसम्म फोटो खिचाउन पाइनेसेवाग्राहीको चापलाई मध्यनजर गर्दै प्रशासनले बिहान ८:०० बजेदेखि साँझ ७:०० बजेसम्म सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।

arkhala ads

यस विस्तारित समयमा दैनिक करिब ७५० जनासम्मलाई सेवा दिने लक्ष्य राखिएको छ । प्रशासनले कामलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरेको र सेवाग्राहीलाई धैर्यतापूर्वक आफ्नो पालो पर्खिन अनुरोध गरेको छ । कार्ड वितरण कार्य केही दिनका लागि बन्दविगतमा परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीहरूलाई प्रशासनले तत्काल कार्यालय नआउन आग्रह गरेको छ । नम्बर प्राप्त भइसकेकाहरूको सबै काम सोही नम्बरका आधारमा हुने भएकाले भीडभाड कम गर्न केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट कार्ड वितरण गर्ने कार्य पूर्ण रूपमा स्थगित गरिएको सूचनामा उल्लेख छ । सिस्टम अपग्रेडका कारण ‘अप्रुभल’ मा ढिलाइराष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका (Enrollment गरेका) नागरिकहरूको नम्बर आउने र विभागबाट सिस्टम अपग्रेड भइरहेका कारण ‘Approve’ हुन केही ढिलाइ भइरहेको प्रशासनले स्वीकार गरेको छ । विवरणहरू क्रमिक रूपमा स्वीकृत (Approve) हुँदै जाने भएकाले यसै प्रयोजनका लागि मात्रै जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने सहायक प्रमुख जिल्ला अधिकारी चूूडामणि शर्मा गौतमद्वारा हस्ताक्षरित सूचनामा स्पष्ट पारिएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved