नवलपुर ०७ साउन । नवलपुरको देवचुली नगरपालिका–५ स्थित बन्दिपुर गाउँमा यस वर्ष भुइँकटहरको उत्पादनमा उल्लेख्य वृद्धि भएको छ ।


विगतका वर्षहरूको तुलनामा यस वर्ष करिब ५० लाख रुपैयाँ बराबरको भुइँकटहर उत्पादन गरी किसानहरूले सफल रूपमा बिक्री गरेका छन् ।


अहिले यहाँका स्थानीय किसानहरू उत्पादित भुइँकटहर बजार पुर्याउन र बिक्री गर्न निकै व्यस्त देखिन्छन्। गाउँमै व्यावसायिक भुइँकटहर उत्पादन बढेपछि स्थानीय स्तरमै रोजगारी र आम्दानीको राम्रो स्रोत बनेको छ। मिहिनेती किसानहरूको यो सफलता साँच्चै प्रेरणादायी छ ।






