Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय नवलपुरले बढायो सेवाको समय, केही दिन कार्ड वितरण रोकियो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ साउन ७ | मध्यान्ह ०६:०४ बजे

नवलपरसी ७ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण र फोटो खिच्ने (Enrollment) कार्यका लागि नयाँ व्यवस्था लागू गरेको छ ।

चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै सेवाग्राहीको अत्यधिक चाप बढेकाले साउन ११ गतेदेखि लागू हुने गरी निम्न निर्णयहरू गरिएको छ:सेवा प्रवाहको समय थपसेवाग्राहीको उच्च चापलाई मध्यनजर गर्दै साउन ११ गतेदेखि बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म सेवा प्रदान गरिने व्यवस्था मिलाइएको छ ।

arkhala ads

कार्यालयले टोकन प्रणाली अनुसार आफ्नो पालो पर्खिएर धैर्यपूर्वक फोटो खिचाउन र सर्भर प्रणालीमा आउने प्राविधिक समस्याका कारण ढिलाइ हुन सक्ने भएकाले सहयोग गर्न अनुरोध गरेको छ ।

परिचयपत्र वितरण स्थगनविगतमा परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीहरूका हकमा उक्त नम्बरको आधारमा सबै काम हुने भएकाले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट कार्ड वितरण गर्ने कार्य नगरिने जानकारी दिइएको छ ।

प्रणाली स्तरोन्नति र स्वीकृतिको विवरणराष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएपछि नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कार्य भइरहेकाले विवरण स्वीकृति (Approve) हुन केही ढिलाइ भएको छ । विवरणहरू क्रमश: स्वीकृत हुँदै जाने भएकाले उक्त प्रयोजनका लागि सेवाग्राहीहरूलाई जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने कार्यालयले प्रष्ट पारेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाद्वारा हस्ताक्षरित यो सूचना साउन ७ गते बिहीबार जारी गरिएको हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे
file_00000000177482119db81ea242712cdf

भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले...

  • २०८३ भदौ २१ | मध्यान्ह ०४:०५ बजे
IMG_20260904_182518

बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर...

  • २०८३ भदौ १९ | मध्यान्ह ०६:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved