Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

लमजुङमा घाँसी खड्कबहादुर ठाडामगरको शालिक तोडफोड; मगर लेखक संघद्वारा घोर भत्सर्ना

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०८३ साउन ९ | बिहान ०७:०४ बजे
लमजुङ ९ साउन । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ४, रम्घास्थित भानुघाँसी पार्कमा रहेको घाँसी खड्कबहादुर ठाडामगरको शालिक तोडफोड भएको छ ।
अज्ञात समूहद्वारा रातिको समयमा गरिएको यस बर्बर र कायरतापूर्ण तोडफोडको घटनाप्रति नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गराउँदै घोर भत्सर्ना गरेको छ ।
नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष खडक बहादुर आले मगर र सचिव भोज प्रसाद खण्डलुक मगरद्वारा संयुक्त रूपमा जारी प्रेस नोटमा यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध, आक्रोशित र उद्वेलित बनाएको उल्लेख गरिएको छ ।
घाँसी खड्कबहादुर ठाडामगर केवल एक सामान्य पात्र मात्र नभई आफ्ना कडा श्रम, पसिना र लोककल्याणकारी विचारले नेपाली भाषा-साहित्यका युगपुरुष आदिकवि भानुभक्त आचार्यलाई प्रेरणा दिने महान् क्रान्तिकारी चेतना र सामाजिक स्वाभिमानका अद्वितीय प्रतीक भएको प्रेस नोटमा स्मरण गरिएको छ ।
घाँस बेचेर भए पनि कुवा खनाई नाम कमाउने उनको निःस्वार्थ भावनाले नै नेपाली साहित्यमा रामायणको जन्म गराएको ऐतिहासिक सत्यलाई कसैले तोडमतोड गर्न नसक्ने संघको ठहर छ ।
रातिको अन्धकारमा लुकेर गरिएको यो तोडफोड भूलवश भएको नभई इतिहास, पहिचान र सामाजिक सद्भाव भत्काउन उद्यत संकुचित र विभेदकारी मानसिकता बोकेका तत्त्वहरूले जानाजानी गरेको नियतवश अपराध भएको संघले जनाएको छ ।
नेपाल मगर लेखक संघले प्रहरी तथा स्थानीय प्रशासनसँग कुनै पनि दबाब र प्रभावमा नपरी घटनाको निष्पक्ष छानबिन र गम्भीर अनुसन्धान गरी दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । साथै, क्षतिग्रस्त शालिकको पूर्ण रूपमा सम्मानका साथ पुनर्स्थापना गर्न जोडदार माग गरिएको छ ।
प्रशासनले यस विषयमा आलटाल गरेमा वा दोषीलाई उकास्ने दुस्साहस गरेमा इतिहास, स्वाभिमान र न्यायको रक्षाका लागि सम्पूर्ण न्यायप्रेमी, जनजातीय समुदाय र आम नागरिकहरू सशक्त ढङ्गले आवाज उठाउन बाध्य हुने चेतावनी समेत प्रेस नोटमार्फत दिइएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे
received_1404927701723061

बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण...

  • २०८३ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved